बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

शनिबार, २४ चैत २०७४, १० : ०४
शनिबार, २४ चैत २०७४

नयाँ दिल्ली-भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।

विशिष्ट पाहुनाको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।

गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए ।  जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको बताए । 

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उहाँले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । 

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । 

प्रधानमन्त्री ओलीले मकक्षी नरेन्द्र मोदीसँग  सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए । 

सो अबसरमा भारतीय प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतको उपस्थिति थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप