आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरमा शिक्षकको दरबन्दी मिलान

शनिबार, १२ जेठ २०८१, ०८ : ५६
शनिबार, १२ जेठ २०८१

काठमाडौं । धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरी यही मङ्सिरमा दरबन्दी समायोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले १४ वटा विद्यालयको तह र कक्षा समायोजन एवं ७५ जना शिक्षकको दरबन्दी मिलान गरिएको जानकारी दिए ।
बाल विकास र प्राथमिक तहमा २९र२९ जना, निम्न माध्यमिक तहमा ११ र माध्यमिक तहमा छ जना शिक्षक दरबन्दी मिलानमा परेका छन् । चार जना विद्यालय सहयोगीको पनि दरबन्दी मिलान गरिएको छ । 

सामुदायिक विद्यालयको सुधारका लागि यो वर्षबाट नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागु भएको छ । यस अन्तर्गत ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयलाई नमुना विद्यालय बनाउने योजना अगाडि बढेको महाशाखा प्रमुख खातीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप