सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

शनिबार, १२ जेठ २०८१, ०८ : ५९
शनिबार, १२ जेठ २०८१

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । 

त्यस्तै  दिउँसो साढे २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा परराष्ट्र मन्त्रीसँग छलफल र प्रश्तावित राजदुतको सुनुवाइ हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप