आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेलको सुरुमै लिएको अग्रता जोगाउन नसक्दा हार्यो टोट्टनहम

शनिबार, १२ जेठ २०८१, ०९ : ४१
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा टोट्टनहमले नमिठो हार भोगेको छ । बिहीबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा वेस्ट हामले टोट्टनहमलाई २—१ गोलले हराएको हो ।

जारी सिजनको लिगमा टोट्टनहमको यो चौथो हार हो । खेलको प्रारम्भमै लिएको अग्रता जोगाउन नसक्दा टोट्टनहमले भाग बेहोर्नु परेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै टोट्टनहमले अग्रता लिएको थियो ।

टोट्टनहमका लागि पहिलो गोल क्रिस्टियन रोमेरोले गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा टोट्टनहम अगाडि रह्यो । तर, दोस्रो हाफमा लय गुमाउन पुग्यो । त्यसैको फाइदा उठाउँदै दोस्रो हाफमा वेस्ट हामले लगातार दुई गोल गर्यो ।

निर्धारित समयको ५२औँ मिनेटमा वेस्ट हामका जारोड बोवेनले गोल गर्दै खेललाई १—१ को बराबरीमा ल्याएका थिए । ७४औँ मिनेटमा वेस्ट हामका लागि जेम्स वार्ड प्रोसेले अर्को गोल थपेका थिए । जारी सिजनको लिगमा सहभागी २० वटै टोलीले १५—१५ खेल खेलिसकेका छन् ।

टोट्टनहम २७ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । वेस्ट हाम भने २४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ । तालिकाको पहिलो स्थानमा आसीन आर्सनलको ३६, दोस्रो स्थानमा आसीन लिभरपुलको ३४, तेस्रो स्थानमा आसीन एस्टन भिल्लाको ३२ र चौथो स्थानमा आसीन म्यानचेस्टर सिटीको ३० अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप