आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुकुलो नीति ल्याउन राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रीको सुझाव

शनिबार, १२ जेठ २०८१, १० : १२
शनिबार, १२ जेठ २०८१

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् । गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले सुझाव दिएका हुन् ।

घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा. महतले सुझाव दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । 

मन्त्री डा. महतको सुझावपछि राष्ट्र बैंक बोर्ड बैठक यतिबेला बसिरहेको छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिबारे बोर्ड बैठकमा व्यापक छलफल भएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप