सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर धितोकर्जाको जोखिम भार घट्यो

शनिबार, १२ जेठ २०८१, ११ : ५७
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मार्जिन प्रकृतिको सेयर धितोकर्जाको जोखिमभार घटाएको छ । 

यसअघि १५० प्रतिशतसम्म रहेको सेयर धितोकर्जाको जोखिम भारलाई कम गर्दै केन्द्रीय बैङ्कले ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको हो ।

५० लाख मुनिको सेयर धितो कर्जाको जोखिम भार भने १०० प्रतिशत कायम छ । यसअघि सेयर धितो कर्जाको सीमालाई १२ करोडबाट १५ करोड र २० करोड बनाएको केन्द्रीय बैङ्कले बजारको तीव्र आलोचनापछि समीक्षामार्फत जोखिम भार कम गरेको हो । सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ । 

यस्तै ५० लाखभन्दा बढीको घरजग्गा कर्जाको जोखिम भार पनि १२५ प्रतिशतमा झारिएको केन्द्रीय बैङ्कले जनाएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिम भार थियो ।

यसका साथै ५० लाख सम्मको आवास कर्जा लिँदा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने व्यवस्था पनि केन्द्रीय बैङ्कले गरेको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत मात्रै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप