सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस मधेस प्रदेशका लागि उपसमितिहरू गठन

शनिबार, १२ जेठ २०८१, १२ : ०४
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले प्रथम प्रदेश सम्मेलनका लागि उपसमिति गठन गरेको छ । प्रदेश कार्यालय धनुषामा बसेको कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले  पुस ५ र ६ गते हुने प्रथम प्रदेश सम्मेलन सम्पन्न गर्न उपसमितिहरू गठन गर्ने निर्णय गरिएको हो ।

प्रदेश सम्मेलन मूल आयोजक समितिका संयोजकमा प्रदेश सभापति र सदस्यमा पदाधिकारीहरू,जिल्ला सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, मधेस प्रदेश नगरपालिका महासंघ अध्यक्ष, मधेस प्रदेश गाउँपालिका महासंघका अध्यक्ष, मधेस प्रदेशका भ्रातृ शुभेच्छुक सङ्घ संस्थाका प्रमुख रहने छन् ।

त्यस्तै अर्थ समितिका संयोजकमा कोषाध्यक्ष प्रदीपकुमार यादव, सदस्यमा सहमहामन्त्री जयनारायण प्रसाद यादव, ममता महतो, खसितलप्रसाद यादव, रामबाबु साहलाई जिम्मेवारी दिइएको छ । त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक नागेन्द्र प्रसाद साह सदस्यमा सहमहामन्त्री बिन्दुकुमारी यादव, प्रदेश सदस्य शेष नारायण यादव प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ता, प्रदेश सदस्य पाण्डव मण्डल, सुनिल ठाकुर, सोनी बोम्जन, राजेश गिरी र गाउँपालिका महासंघ अध्यक्ष जवाहर यादवलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै आवास तथा भोजन व्यवस्थापन समितिका संयोजकमा शेष नारायण यादव, सदस्यमा जीवनाथ चौधरी, सुरेशप्रसाद यादव, राजकिशोर यादव र ललित साह, सुधीर किशोर यादवलाई जिम्मेवारी दिइएको छ भने मञ्च व्यवस्थापन समितिका संयोजक बजरंग यादव लगायत सदस्यमा शर्मिला थापा, भावना ढुङ्गेल, अन्जु झा ,राकेश विक्रम साह, शिवशंकर गोइत (साधु) र सुरेश ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

प्रचार प्रसार समितिका संयोजकमा नितेशकुमार गुप्ता र सदस्यमा सूचना सञ्चार तथा प्रचार प्रसार विभाग सदस्यहरू रहेछन्।

स्वयम् सेवक परिचालन समितिका संयोजकमा भातृ सङ्घ समन्वय विभाग प्रमुख सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ । बैठकले प्रदेश सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, साङ्गठनिक प्रस्ताव एवं महामन्त्रीको प्रतिवेदन तर्जुमा गर्न महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिने सर्व सहमतिबाट निर्णय गरिएको छ ।

त्यस्तै आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको मुख्यसचिव सन्तुप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप