सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु

भावी सेनापतिको विषयमा प्रश्न उठ्नु राम्रो होइन : एमाले नेता पन्त
शनिबार, १२ जेठ २०८१, १२ : २६
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले भावी सेनापतिको विषयमा प्रश्न उठ्नु राम्रो नभएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सेनाको नागरिकता छानबिन गर्ने जिम्मा रक्षा मन्त्रालयको भएको बताए। 

रक्षाले नै छानबिन गरेर काम गर्दा राम्रो हुने धारणा पन्तको छ।नागरिकता विवाद आएपछि केही दिन अघि मात्र उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए। 

अहिले फेरि रथी बढुवा सिफारिसमा परेका उपरथी  अशोक सिग्देलको पनि नागरिकता विवाद आइरहेको तर्फ ध्यानाकर्षण गर्दै पन्तले सेनाले आन्तरिक रूपमा ठुला दर्जाकाको नागरिकताको जन्ममिति छानबिन गर्नुपर्ने बताए। यसका लागि रक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्ने पन्तले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप