आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैठक ठिक समयमा कसरी सञ्चालन गर्ने ? कार्यनीति बनाऊँ : हितराज पाण्डे

शनिबार, १२ जेठ २०८१, १२ : ३४
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ठिक समयमा सञ्चालन गर्न कार्यनीति बनाउनु पर्ने बताए। उनले कोरम पुग्ने गरी बैठक गर्दा मात्र निचोडमा पुग्न सकिने बताए। एनसेलको विषयमा कुन समितिले छलफल चलाउने भन्नेमा दुविधा भएको भन्दै यकिन भएर मात्र समितिले छलफल गर्नुपर्ने पाण्डेको भनाइ छ। 

सेनाको जन्म मितिको विषयमा सुरुमै यकिन भएर जानुपर्नेमा बढुवाको विषयमा मात्र चर्चा हुनु राम्रो नभएको उनले बताए। उनले प्रश्न उठेपछि छानबिन हुनुपर्ने बताए।

टिआरसी लगायतका विधेयकमा समितिले छलफल गरेर निर्णयमा पुग्नुपर्ने धारणा पाण्डेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप