आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको सुनुवाइ

सोमबार, २८ जेठ २०८१, १६ : ०२
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । सरकारले पोर्चुगलका लागि आवासीय राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ ।

शुक्रबार सिंहदरवारमा संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा नेपालले शैक्षिक योग्यताबकारे सदस्यहरुको जिज्ञासामा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको बताएका छन् ।

नेपालले आफूले पब्लिक डिप्लोमेसीमा अब्बल भएर काम गरेको दाबी समेत गरेका छन् ।

उनले आफू राजदूतमा नियुक्त भएपछि नेपालको संविधान र कानुनको परिधिभित्र रहेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले पोर्चुगलमा पहिलोपटक राजदूतावास स्थापना हुन लागेकोले त्यहाँ रहेका नेपालीलाई सहज हुनेगरी सेवा प्रवाह गर्ने, नेपाल र पोर्चुगल सरकारबिच सम्बन्ध सुदृढ गर्न काम गर्ने, दुईपक्षीय भ्रमण आदानप्रदान र सहयोग आदान प्रदानका लागि पहल गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप