आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजार

आन्तरिक राजश्व विभागले भन्यो– आलु र प्याजमा भ्याट लाग्दैन

सोमबार, २८ जेठ २०८१, १७ : ४५
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट (मूल्य अभिवृद्धि कर) नलाग्ने स्पष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै व्यापारीले चार दिनदेखि सो वस्तुको कारोबार ठप्प गरेपछि विभागले आज एक सूचना जारी गरी आलु र प्याजको बिक्रीमा भ्याट नलाग्न प्रस्ट पारेको हो । 

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने ब्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । 

सरकारले आर्थिक विधेयक–२०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । सोको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र व्याजको कारोबार ठप्प गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप