आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानसेनापतिको रोलक्रममा भएकाहरुको उमेर रक्षा मन्त्रालयले छानबिन गर्नुपर्छ : सांसद पन्त

सोमबार, २८ जेठ २०८१, १७ : ५१
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरुको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानबिन गर्नुपर्ने बताएका छन् ।  

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधानसेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरुको उमेर सम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताए । उनले प्रधानसेनापतिको रोलक्रममा रहेकाहरु सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानबिन गर्नुपर्ने बताए । 

सांसद पन्तले नेपाली सेनाभित्रै छानबिन भएर क्लिनचिट पाएकाहरुको पनि उमेरमा कैफियत देखिएको उदाहरण दिँदै  सेना भित्रको छानबिनले मात्रै नपुग्ने बताए । उनले अनावश्यक नेताहरुले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप