सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको समीक्षाले माघ महिनासम्म कर्जाको ब्याजदर घटाउँछ : उपाध्यक्ष कोइराला

सोमबार, २८ जेठ २०८१, १८ : ३५
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् । 

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका विषयमा प्रतिक्रिया दिँदै उपाध्यक्ष कोइरालाले यस्तो बताए । उनले घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैंकहरुले पनि बिस्तारै कर्जा प्रवाह बढ्ने बताए ।

उनले मौद्रिक नीतिको समीक्षाले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिएको दाबी गरे । उनले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउनुपर्ने बैंकहरुलाई दबाब सिर्जना भएको बताए । 

उपाध्यक्ष कोइरालाले बैंकहरुको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिएको बताए । उनले बैंकको निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्दा ऋणीहरुलाई सहज हुने बताए । उनले बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप