राजधानी सितापाइलमा उच्चस्तरको कफी ब्रेक एण्ड फुड फेष्ट सञ्चालनमा
काठमाडौं – नेपालमा कफी पिउने संस्कार विकसित भइरहेको बेला राजधानीमा एक फरक शैली र ब्यवस्थापनमा कफी प्रेमीका लागि कफी ब्रेक सुरू भएको छ ।काठमाडौको सितापाइला स्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा कफी ब्रेकको आउटलेट सञ्चालनमा आएको हो ।
कफी ब्रेकमा ताजा ब्रिउड कफी छानेर पाइनेछ । साथै कफीको विकल्पमा ताजा बेकरी आइटमसहित आइस टी, स्मोथिज, लस्सी र मिल्क सेक पनि पाउन सकिने सञ्चालकले जनाएको छ ।
कफी ब्रेकले व्यस्त जिवन शैलीमा रिफ्रेस गराउनका लागि स्थापना भएको हुनाले ग्राहकले कफीको स्वदसँग अ।नन्द लिन सक्नेछन् । ‘हाम्रो प्रमूख लक्ष्य भनेको व्यक्तिगत रुपमा गुणस्तरीय उत्पादन सहित स्तरीय सेवा प्रदान गर्ने हो’पोष्ट हस्पिटालिटीका अध्यक्ष पोषण रिजालले भने, ‘हामीले व्यक्तिगत रुपमा सेवा प्रदान गर्ने क्रममा ग्राहकलाइ बर्थडे केक, ल।ट्टे आर्ट गर्ने छौं ।’ ग्राहक भनेको फर्किरहने खरिदकर्ता भएको हुनाले पनि उहाँहरु आइराख्नु हुनेछ भन्ने उद्देश्य स्वरुप अफर राखेको उनले बताए । ‘ग्राहक आउँदा हामीले सत्कार गर्ने नै छौ उनले भने, ‘हामीले बाहिर लैजान सकिने व्यवस्था पनि गरेका छौ ।’ त्यसका साथै ग्राहकका लागि उपयुक्त बातावरण कायम रहेस भनेर लागिरहने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यस्तै, अर्को फुड फेष्ट पनि एउटा फुड स्टल हो । तर, यसमा ग्राहकलाइ बस्ने सुविधा हुन्छ । यसमा खुल्ला किचनका साथै संयुक्त विलिङ प्रणाली रहेको छ । फूड फेष्टमा सेल्फ सर्भिस भएपनि सफा बतावरण भएको हुनाले मित्रवत सेवा प्रदान सञ्चालकको दावी छ ।
फुड फेष्टमा फुड ग्यादरीङ तथा फुड पार्टि गर्न सकिने, साथै यसको छुट्टै मेनु पनि छ । त्यो मेनु अनुसार स्याण्डविच, रोल, समोसा, चाट, पानीपुरी देखि सबैको प्रिय मस्मस् चाउमिन समेत पाइन्छ ।
पोस हस्पिटालिटी नामक कम्पनीले सञ्चालन गरेको कफी ब्रेक एण्ड फुड फेष्ट आगामी दिन नेपाल भर विस्तार गर्ने योजना रहेको कम्पनी अध्यक्ष रिजालले बताए । रिजाल अन्तराष्ट्रिय फुड इण्डट्रिज क्षेत्रमा लामो अनुभव लिएका एक युवा उद्यमी हुन् । उनी बाजेको सेकुवाको बात्तीपुतली फ्रेन्चाइको म्यानेजर समेत थिए । पछि केही गर्ने उद्धेश्यका साथ यस क्षेत्रमा लागेको उनले बताए ।