बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, २७ चैत २०७४, ०५ : ५४
मङ्गलबार, २७ चैत २०७४

आजको राशिफल

बि.स.२०७४ चैत्र २७ गते । मंगलबार । ईश्वी सन् २०१८ अप्रिल १० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि दशमी ५८ घडी २५ पला । नक्षत्र श्रवण,४१ घडी ०७ पला,बेलुकी १० बजेर १४ मिनेट उप्रान्त धनिष्ठा । योग साध्य ५६ घडि ४७ पला । करण वणिज,बेलुका ४ बजेर १७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा लुम्ब योग । 

चन्द्रराशि मकर  । भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा।

काठमाडौंमा सूर्योदय ५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ३६ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन कमाउँन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

शुभ अंक — ४
शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ  । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुँन सक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुँने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुँनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुँनेछ । 
शुभ अंक — २
शुभ रंग —  सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।
शुभ अंक — ३
शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जीवन साथिको सहयोगले नाँफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पति थता बिलाशि सामान प्राप्त हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ ।
शुभ अंक — ५
शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु  आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।
शुभ अंक — ६
शुभ रंग —  रातो
 
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुँनेछैन । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुँनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ । स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुँनेछ ।  
शुभ अंक — ६
शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमा सँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुँनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुँनेछ । राजनिति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने समय रहेकोछ । 
शुभ अंक — ७
शुभ रंग — खरानि

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ ।
शुभ अंक — ३
शुभ रंग  — कफि
    
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुँनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकि प्रभावित हुँनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।
शुभ  अंक — ३
शुभ रंग —  पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक व्याबस्थापन सुदृड हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । 
शुभ अंक —२
शुभ रंग — सेतो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुँनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ ।
शुभ अंक — ६
शुभ रंग — खरानि
    
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानि बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानि हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । बिद्या तथा प्रतिष्पर्धामा अरुदिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ ।
शुभ अंक — ६
शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् ।     
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप