सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साउदी अरबमा  २९ नेपाली अलपत्र

बुधबार, २८ चैत २०७४, ११ : ४०
बुधबार, २८ चैत २०७४

गुल्मी– वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेका २९ नेपाली अलपत्र परेका छन् । कार्यरत कम्पनीले तलव नदिएपछि उनीहरु समस्यामा परेका हुन्  । 
 उनीहरु साउदी अरवको जेद्धामा रहेको सदिम अल केयर कम्पनीमा ललितपुर कुपण्डोलमा रहेको एनोभेटिक ओभरसिजबाट १७ महिना अघि कामका लागि पुगेका थिए । 
सो मेनपावर मार्फत एजेण्ट बलबीर केसीले उनीहरुलाई  पठाएको बताइएको छ । पीडित नेपालीहरुले भने–‘त्यहाँको विश्व विद्यालयमा ८ घण्टा मासिक ७ सय दिराम तलव पाउने सर्तमा काम गर्ने गरी आएका हौं, तर यहाँका आएको दुई महिना सम्म काम नपाएर खाली बस्नु प¥यो ।
उनीहरुले म्यानपावरमा फोन गर्दा कुनै सुनुवाई नभएको भन्दै नेपाल फर्किनको लागि पहल गर्न अपील गरेका छन् । 
यसविषयमा  मेनपावरका कमल श्रेष्ठसंग सम्पर्क गर्दा उनले  अव छिट्टै अर्को ठाउँमा काम लगाई दिने भन्दै थप कुरा गर्न चाहेनन्  । 
अलपत्र नेपालीको नाम

१–हेमबहादुर बर्घारे
२–कान्तबहादुर ठाडा
३–फनबहादुर ढेँगा
४–कर्णबहादुर बर्घारे
५–दिपक बुढाथोकी
६–अर्जुन केसी
७–लालबहादुर बुढाथोकी
८–नन्दबहादुर पुन मगर
९–गनौस शेख
१०–राजउधर भार
११–हिमबहादुर पुन मगर
१२–कुमार कामी
१३–दिलबहादुर कामी
१४ –मिनबहादुर कामी
१५–वलबिर मास्केराम
१६–गगनसिंह कामी
१७–कुमानन्द रायमाझी
१८–महतम यादव
१९–भिमबहादुर वाईवा
२०–विरोध थापा
२१–वावुसाहव मण्डल
२२–कौशल किश्पर यादव
२३–प्रदेश चौहान लोहनिया
२४–कमैया गिरी
२५–रमेश कुमई खाँ
२६ लक्ष्मण थारु
२७ नैनबहादुर सुनुवार
२८रुपबहादुर मगर
२९ जितेन्द्र थापा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप