सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय भर्ना अभियानमा सक्दो सहयोग गर्ने कलाकारहरुको प्रतिबद्धता

शुक्रबार, ३० चैत २०७४, १० : १८
शुक्रबार, ३० चैत २०७४

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा विज्ञान—प्रविधि अनुसार हुने बताएका छन् । 

आज काठमाडौमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा मन्त्रालयले कलाकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । 

 नेपालमा अझै कूप्रथाले जडा गाडिरहेको हुँदा पुरानो शैलीभन्दा नयाँ प्रविधिको शिक्षा अहिले आवश्यकता भएको मन्त्री पोखरेलले बताए । 

शिक्षा क्षेत्रमा हरेक विषयमा छुट्टा छुट्टै ठोस योजना बनाएर बढ्ने पनि मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले कलाकारले विभिन्न क्षेत्रमा सन्देश प्रभाह गरिरहेको हुँदा विद्यालय भर्ना अभियानमा पनि साथ दिन आग्रह गरेका छन् ।  

अन्तरक्रिया कार्यक्रममा कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मुस) केदार घिमिरे माग्ने (बुढा) लगायतका कलाकारले सरकारको अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

माग्ने बुढाले मन्त्री समक्ष विद्यालय भर्नाको उमेर कटेका १३÷१४ वर्षका बालबालिकालाई अध्ययन गराउनको लागि छुट्टै विद्यालय हुनुपर्ने बताएका थिए । साथै उनले शिक्षा मन्त्रालयको विद्यार्थी भर्ना अभियानमा आफूले सक्दो सहयोग गर्ने र त्यो काम निःशुल्क हुने पनि बताएका छन् ।

यस्तै सीताराम कट्टेल धुर्मुसले आफूले अहिलेसम्म निर्माण गरेको नमुना बस्तीका बालबालिकालाई विद्यालय पठाउँदै आइरहेको बताए । 

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने मूल नाराका साथ यो वर्षको विद्यालय भर्ना अभियान २०७५ को नयाँ शैक्षिक सत्र बैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ सञ्चालन गरिँदै छ । 

विद्यालय भर्ना हुने बालबालिकाको लागि आवश्यक पर्ने पाठ्यपुस्तक भर्ना हुँदाका बखत नै उपलब्ध गराउने गरी स्थानीय सरकारमार्फत विद्यालयहरुमा २ अर्ब २२ करोड २२ लाख अनुदान रकम उपलब्ध गराइसकेको मन्त्रालयले जनाएको छ । 

यसै वर्ष कक्षा १ देखि ५ सम्म सामुदायिक विद्यालयमा अध्यय्न गर्ने सबै बालबालिकाहरुका लागि रङ्गीन पाठ्यपुस्तक पनि उपलब्ध गराइने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप