सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक जोर जुत्ताले वर्ष दिन कटाएको छु– अभिनेता रोहित रुम्बा

शुक्रबार, ३० चैत २०७४, १२ : २२
शुक्रबार, ३० चैत २०७४

‘एक दिन स्टार बन्छु’, यस्तो सपना देखेर चलचित्रमा भित्रिने धेरै कलाकार छन् । तीमध्येका एक हुन्– अभिनेता रोहित रुम्बा । करिब दुई दशक अगाडि यस्तै सपना बोकेर चलचित्र अभिनयमा भित्रिएका रुम्बाको सपना अहिलेसम्म पूरा भएको छैन । बरु सपना पूरा गर्ने क्रममा उनले पख्यौली सम्पत्ति जग्गा जमिन धेरै सकेका छन् । कलाकारितामा सङ्घर्ष गर्दा अहिले राम्रो नभए पनि पछि जे होला भन्दै सङ्घर्ष आएका रुम्बाले अहिले पनि पुख्र्याैली सम्पत्ति बेचर चलचित्र ‘नेप्टे’ बनाएको छन् । जसको चर्चा चारैतिर छ । आजबाट प्रदर्शनमा आएको यो चलचित्रको व्यवसाय भने हेर्न बाँकी छ । करिब आधा दर्शन चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका उनको अरूको लगानी रहेका चलचित्रले करियर उकास्न सकेन । कोही प्रचारमा कमजोर र कोही निर्माणमा कमजोर रहेकाले आफ्नो अपेक्षा पूरा नभएको उनले बताए । त्यसैले आफ्नो चहाना सबै पूरा गर्न उनले ‘नेप्टे’ बनाएका हुन् । चलेका अभिनेता दयाहाङ राईलाई पहिलो पटक खलभूमिकामा उतार्दै नेप्टे बनाएका उनले चलचित्रमा मुख्य भूमिकासमेत निर्वाह गरेका छन् । छुल्ठिम गुरुङ, बुद्धि तामाङ, पूर्णिमा गुरुङसमेतको अभिनय रहेको यो चलचित्रले व्यवसाय गर्नेमा उनी आसावादी छन् । यी नै अभिनेता रोहित रुम्बालाई रातोपाटीको दश प्रश्न ।

आज (शुक्रबार¬) बाट तपाईं निर्मित चलचित्र ‘नेप्टे’ लागेको छ । कस्तो व्यवसायको आस गर्नु भएको छ ?
– प्रचारका क्रममा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाले निकै उत्साहित छु । गीत तथा ट्रेलर पनि दर्शकले रुचाएका छन् । यसबाट दर्शकले ‘नेप्टे’ मन पराउँछन् भन्ने आस गर्न सकिन्छ । वितरकले भने हल मिलाउने क्रममा केही गडबड गरेको जस्तो लागेको छु । 

‘नेप्टे’ निर्माण त गर्नुभयो तर कलाकारले नै साथ दिएनन् भन्ने सुनिएको थियो नि ? 
– चलचित्रकर्मी, कलाकार, पत्रकार सबैको राम्रो साथ पाएको छु । त्यसैले त चलचित्रको व्यवसाय राम्रो हुन्छ भन्ने आस छ । 

‘नेप्टे’बाट निर्माणमा पनि देखिनुभयो । निर्माण कतिको सहज रहेछ ?
– अभिनय जस्तो सजिलो विषय त यो होइन । मैले धेरै भोटो यही क्षेत्रमा फटाएको छु । जानेको बुझेको क्षेत्र पनि यही हो । त्यही भएर निर्माणमा हात हाले । तर सोचे जस्तो सजिलो भएन ।

आफूलाई फिट कसरी देखाउनु हुन्छ ?
– म नियमित जिम गर्छु । एक्सरसाइजमा आफूलाई निकै ध्यान दिन्छु । डाइटिङ पनि गर्ने गरेको छु ।

फेसन फलो गर्नुहुन्छ ?
– म टिपटप भएर हिँड्न रुचाउँछु । अहिले बजारमा केटाको के पहिरन चलेको छ । कस्तो आउँदैछ । कुन पुरानो भयो । यी सबैको जानकारी राख्छु तर आफूले प्रयोग गर्ने मावलामा चलेका, नचलेका सबै प्रयोग गर्छु । यदि ती पोसाक आफूलाई फिट हुन्छ । राम्रो देखिन्छु भने ।

कलाकारिताबाट पूरा नभएको सपना छ कि ?
– कलाकारितामा स्टार बन्ने सपना बोकेर भित्रिएको हँु । त्यो सपना अहिलेसम्म पनि पूरा गर्न सकेको छैन । 

कलाकारिता लाग्दाको दुःखको क्षण ?
– स्टगलको पिरेडमा थोरै चिउरासँग धेरै पानी खाएर पनि सुतेको छु । एउटा समोसाले पनि रात बिताएको छु । एक जोर जुत्ताले वर्ष दिन कटाएको छु । यस्ता दुःख धेरै भोगेको छ । 

घुम्न कतिको रुचि छ ?
– धेरै । फुर्सदको समय नयाँ ठाउँ पुगिरहेको हुन्छु । 

कस्तो केटी मनपर्छ ?
– सरल स्वभाव भएका, नक्कल झक्कल गर्न नजान्ने, मीठो बोल्ने, सबैसँग मिल्ने स्वभाव भएका केटीहरू राम्रो लाग्छ ।

जीवनलाई कसरी लिनुभएको छ ?
– जीवन एउटा यात्रा हो । यात्राको क्रममा सुख दुःखको आइरहन्छ । मेरो विचारमा सुखमा नमाती र दुःखमा नआती अगाडि बढ्ने मानिस नै सफल हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप