बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिफलः मातातीर्थ औंसीमा यी ६ राशी हुनेहरुको मन प्रशन्न रहने

सोमबार, ०३ वैशाख २०७५, ०५ : ३४
सोमबार, ०३ वैशाख २०७५

आजको राशिफल

वि.स.२०७५ वैशाख ०३ गते । सोमबार । ईश्वी सन् २०१८ अप्रिल १६ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि औंशि ४ घडी ५४ पला,बिहान ७ बजेर ३८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र अश्विनी,५६ घडी ०५ पला । योग विष्कुम्भ ४५ घडि ०१ पला,बेलुका ११ बजेर ४१ मिनेट उप्रान्त प्रिती । करण नाग,बिहान ७ बजेर ३८ मिनेट उप्रान्त किंष्तुध्न,बेलुका ७ बजेर १३ मिनेट वव । 

 

आनन्दादिमा राक्षस योग । चन्द्रराशि मेष । भक्तपुरमा ब्रह्माणी यात्रा। मातातीर्थ औंसी। मातातीर्थमा स्नान। आमाको मुख हेर्ने, मातृसम्मान दिवस। चाँगुनारायण, छिन्नमस्ता, कीलेश्वर तथा पाँगा मूल रथयात्रा। हलो बार्ने औंसी। सोमवारे औंसी।

 

काठमाडौंमा सूर्योदय ५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २८ मिनेट । दिनमान ३१ घडी ५९ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) काम गर्दा बिशेष शावधानि अपनाउँनुहोला समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुँनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशि लगानिबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएरु जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुँने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

शुभ अंक — २

शुभ रंग —  निलो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारि तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुँने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँने हँनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारि साधन तथा अन्य सम्पतिहरु लाभ हुँने योग रहेकोछ । 

शुभ अंक — ३

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ ।

शुभ अंक — १

शुभ रंग — खरानि

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारि तथा दैनिका कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । लामो दुरिको धार्मिक यात्रा भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा दिईयको समय वालुवामा पानि सरह हुँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घर परिवार तथा आफन्त बिच मनमुुटाव बढने योग रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) माया प्रेम तथा पति पत्निबिच केहि बिषयमा अविश्वास बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुँनेछ । धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

शुभ अंक — ६

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाई लेखाई प्रगति पथमा लगाडि बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।

शुभ अंक — ४

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा भनजस्तो प्रगति नहुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिक कामहरु प्र्रभावित हुँनेछन् भने शिक्षा क्षेत्रसँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक बस्तुको प्रयोग गर्दा साबधान अपनाउँनुहोला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ  अंक — ३

शुभ रंग —  पहेलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनितिमा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुँने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघाात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुँनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन पटक्के नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा घटपट हुँने योग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — निलो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । व्यापार तथा उद्योगमा लगानि गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाईमा मन जानेछ तथा लेखन कलाको बिकाश हुँनेछ ।

शुभ अंक — ४

शुभ रंग — हरियो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुँने योग रहेकोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा कमजोर भएको महशुष हुँनेछ भने नतिजा अरुतिरनै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।

शुभ अंक — ६

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप