सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक लाख बच्चा जन्मदा २३९ आमाको मृत्यु, यी रोगको सरकारले निःशुल्क परीक्षण गर्ने

सोमबार, ०३ वैशाख २०७५, १५ : ४५
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं–सरकारले महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ । सुरक्षित मातृत्व दिवसको अवसर पारेर सोमबार महिलाहरुको  पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने सरकारले घोषणा गरेको हो ।

यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सुरक्षित मातृत्वसम्बन्धि सेवालाई सहज बनाउन देशभर ३ महिने ४ वटा अभियान आजैबाट सूरु गरिएको पनि जानकारी दिइन् ।

सरकारले बैशाखदेखि असारसम्मको ३ महिनामा देशभरका सबै अस्पतालहरुबाट महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुलाको निःशुल्क परिक्षण अभियान संचालन गर्नेछ । 

त्यसैगरी श्रावणदेखि असोजसम्मको ३ महिनामा ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना अभियान संचालन गरिनेछ । कार्तिकदेखि पौषसम्म सुरक्षित मातृत्वसम्बन्धि चेतना जगाउन देशभर निबन्ध लगायतका प्रतियोगित्मक कार्यक्रम संचालन गरिनेछ । 

राज्यमन्त्री अर्यालले पुसदेखि फागुनसम्म भने किशोरीहरुले महिनावारीमा गर्ने सरसफाई सम्बन्धि चेतनामूलक कार्यक्रम संचालन गर्न लागिएको पनि जानकारी दिइन् । 

राज्यमन्त्री अर्यालले स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउन स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने पनि बताइन् । 

एकलाख शिशु जन्मदा २३९ जना आमाको मृत्यु
कार्यक्रकमममा राज्यमन्त्री पद्मा अर्यालले सुरक्षित मातृत्व मौलिक हकको रुपमा सुनिश्चित भएकाले त्यसलाई अव व्यवहारमै कार्यन्वयन गरिने बताइन् ।

मन्त्री अर्यालले महिलाको प्रजनन् स्वास्थ्य सेवा सम्मानपूर्वक उपभोग गर्न पाउने वातावरणको सृर्जना गर्न स्वास्थ्य ऐनको आवश्यकता रहेको पनि बताइन् । हाल नेपालमा एकलाख जिवित शिशु जन्मँदा २३९ जना आमाहरुको मृत्यू हुने गरेको मन्त्रालयको तथ्याङक छ ।

 
यो संख्यालाई सन् २०३० सम्म ७० मा झार्ने मन्त्री अर्यालको प्रतिबद्धता जनाएकी छिन् ।

यस्तै सन् २०३० सम्ममा बाल तथा नवजात शिशु मृत्यू प्रति हजार १.२ भन्दा कम झार्ने,महिला तथा बालबालिकामा हुने सबै प्रकारको हिंसा शून्यमा पुर्याउँने लक्ष्य रहेको जनाएको छ । 

अझै सम्म पनि ४१ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङक छ ।
मन्त्री अर्यालले सन्तान जन्माउने आमाको नाम नागरिकतामा अनिवार्य हुनुपर्ने भन्दै कविता शैलीमा भनिन्–मृत्यूसँग लडाई गर्छाै सन्तान जन्म दिन, नागरिकतामा हाम्रो नाम लेखिदैन किन ?’ उनको प्रश्न थियो ।

स्वास्थ्य मन्त्रालयले अबको एक वर्ष सम्म विभिन्न खालका कार्यक्रमहरु निशुल्क संचालन गरिने पनि उद्घोष गरेको छ । 
बैशाख–जेष्ठ– असारमा सरकारी सबै अस्पताहरुबाट पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण गरिने जनाएको छ । यस्तै फिस्टुला,क्यान्सर भए नभएको परिक्षण पनि निशुल्क गरिने छ । 
साउन –भदौ– असोज महिनामा सबै स्थानिय निकायहरुमा एक “सुरक्षित मातृत्व कोष” स्थापना गरिने छ। “एक पालिका एक सुरक्षित मातृत्व कोष” अभियान देशव्यापी बनाईने र यो कोर्ष आकस्मिक प्रसूति सेवामा उपयोग  र प्रयोग गरिनेछ । 
कार्तिक –मंसिर– पौष महिनामा सुरक्षित मातृत्व सम्बन्धी किशोर किशोरी अवस्था देखि नै जनचेतना फैलाउने उदेश्य सहित देशव्यापी रुपमा निबन्ध र वक्तृत्वकला सम्बन्धी कार्यक्रम संचालन गर्ने जनाएको छ ।

माघ– फागुन महिनामा किशोरीहरुलाई महिनावारी हुदाँ सरसफाईमा चेतना अभिबृद्धिका लागि सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई राष्ट्रव्यापी रुपमा स्यानीटरी प्याड वितरण गर्ने मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप