सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नियम विपरित चुरोट उत्पादन गर्दै सूर्य टोबाको

बुधबार, ०५ वैशाख २०७५, १५ : ४६
बुधबार, ०५ वैशाख २०७५

काठमाडौँ । सूर्तिजन्य पदार्थ उत्पादन गर्दे आएको सूर्य टोबाकोले नेपाल सरकारको नियम विपरित चुरोट उत्पादन गर्दे आएको पाइएको छ ।

टोबाकोले झण्डै ३४ महिनादेखि नियम विपरित चुरोट उत्पादन गरेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन–२०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ देखि निर्देशिका कार्यान्वयनमा ल्याएको थियो ।

जसमा सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्रअङ्कित गर्नु पर्ने वाध्यकारी थियो ।

तर सूर्य टोबाकोले अहिलेसम्म उक्त कानूनपूर्ण रुपमा पालना नगरेको पाइएको हो ।

सूर्य टोबाकोले अहिलेसम्म ७५ प्रतिशत भागमा मात्रै चेतावनीमूलक सन्देश छाप्दै आईरहेको छ ।
नियम कार्यान्वयन नगरेपछि मन्त्रालयले २०६४ माघ ३ गते सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतनामुलक सन्देश वा चित्र छाप्नेबारे कम्पनीलाई पत्र पठाएको थियो ।

कानुन कार्यन्वयनमार्फत सूर्तिजन्य पदार्थबाट मानव शरीरमा पर्ने प्रतिकूल असरलाई न्यूनिकरण गरी नसर्ने रोगबाट बच्ने सरकारको मुख्य उद्देश्य छ । तर, सूर्य टोबाकोले नियम विपरित सूर्तिजन्य पदार्थ उत्पादन गर्दै आईरहेको मन्त्रालयको भनाई रहेको छ ।

एक्सन नेपालले पनि सूर्य टोबाकोले सरकारको नियम अनुसार काम नगरेको भन्दै आपत्ति जनाएको छ । एक्सन नेपालले सूर्य टोबाकोले नागरिकको भविश्य माथि खेलबाड गरेको भन्दै यो विषयमा २०७२ साल चैत्र १६ गते सर्वाेच्च अदालनमा मुद्दा दर्ता गराएको थियो ।

९० प्रतिशत चेतनामूलक सन्देश छाप्ने नियम अरु सबै उद्योगले कार्यान्वयनमा ल्याएका छन् । सूर्यले भने अटेर गर्दै आएको छ ।

कानुनत रुपमा ६–६ महिनामा चित्र परिवर्तन गर्नुपर्ने जनाईएको छ ।

सूर्य टोबाकोले यो नियम पनि लागु नगरेको पाइएको छ ।

पछिल्लो समय सूर्तिजन्य पदार्थको बट्टा ,प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश राख्दा उपभोग गर्नेको संङ्ख्या घटेको अध्ययनले देखाएको छ । जस्तै  दैनिक रुपमा ११ वटा खिल्ली चुरोट उपभोग गर्नेले हाल पाँच वटा उपभोग गर्न थालेको मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार सूर्तिजन्य पदार्थ सेवनकै कारण नेपालमा वर्षेनी १५ हजारको मृत्यू हुने गरेको छ । मृत्यू हुने अधिकांशमा क्यान्सर रोग देखिएको थियो ।

बिक्रीमा ल्याइएका कुनै पनि सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग सरकारले तोकेको चेतनामुलक चित्र अंकित स्वास्थ्य सन्देशले छोपिनुपर्छ ।

कर विश्वमानै कम

केही समय पहिला काठमाडौँमा सम्पन्न भएको ‘एडभान्सिक टोबाको कन्ट्रोल इन नेपाल’ विषय गोष्ठीमा वक्ताहरुले सूर्तिजन्य पदार्थमा लगाएको कर विश्वमानै निकै कम भएको बताएका थिए । नसर्ने रोग बढाउनको लागि सूर्तिजन्य पदार्थले बढावा दिँदै आइरहेको पनि सरकारी निकायकै भनाई रहेको छ ।

नेपालमा हाल बालबालिका पनि सूर्तीजन्य पदार्थमा फसेको कारण कर बढाउनु पर्ने धेरैको माग रहेको छ । तर सूर्तीजन्य पदार्थ उत्पादक कम्पनीलेनै सरकारी नियम उलंघन गरीरहेको छ ।

द युनियन एसिया प्यासिफिक क्षेत्रिय निर्देशक तारासिंह बमले सूर्तीजन्य पदार्थको प्रयोगदर घटाउनको लागि  खोलमा राखिएको चित्रले ठूलो भूमिका खेल्ने बताए । उनले जति ठूलो चित्र राखियो त्यती धेरै प्रभावकारी हुने पनि बताए ।

सन् २०१५ मा हेल्थ रिसर्च काउन्सिल र एक्सन नेपालले गरेको रिसर्चमा चित्र छापेकै आधारमा चुरोट खाने मध्ये ५८ प्रतिशतले ११ वटा खिल्लीबाट ५ वटा खिल्ली झारेको देखाएको छ ।  

बिना बजेट प्रभावकारी सूचना

सूर्तिजन्य पदार्थको खोलमा क्यान्सरका चित्र छाप्नु र सन्देश लेख्ने माध्यम सहजै नागरिक समक्ष सूचना प्रभावह गर्न सकिने गतिलो माध्यम हो ।

सरकारले ऐन, नियम बनाउने, कम्पनीले छाप्ने र सहजै तरिकाबाट घरघरमा पुग्ने महत्वपूर्ण काममा कम्पनी अराजक बन्ने बम बताउँछन् ।

यस्तै १० खिल्लीको बट्टा छाप्न नपाउने र खोलेर खिल्ली बेच्न नपाईने काुनुनमा उल्लेख गरिएको छ ।  २० खिल्लीदेखि माथि मात्रै बनाउन पाउने कानूनी प्रावधान रहेको छ ।

खिल्ली मात्रै बेच्न नपाइने नियम कडा रुपमा लागि गर्ने हो भने सूर्तिजन्य पदार्थको प्रयोगककर्ताको घट्ने बमको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप