बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, ०६ वैशाख २०७५, ०५ : २५
बिहीबार, ०६ वैशाख २०७५

आजको राशिफल 
वि.स.२०७५ वैशाख ०६ गते । विहिबार । ईश्वी सन् २०१८ अप्रिल १९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि चतुर्थी ४९ घडी ४३ पला । नक्षत्र राहिणी,४९ घडी ० पला । योग सौभाग्य २७ घडि ११ पला,बेलुकी ४ बजेर ३० मिनेट उप्रान्त शोभन । करण वणिज,दिउसो २  बजेर ३४ मिनेट उप्रान्त भद्रा,रातको १ बजेर ३१ मिनेट उप्रान्त बव । 

आनन्दादिमा उत्पात योग । चन्द्रराशि बृष । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ। 
काठमाडौंमा सूर्योदय ५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बचन पुरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुँनेछन् भने पछि पस्चाताप हुँनेछ । पढाई लेखाईमा ध्यान नदिए अरुभन्दा पछि परिनेछ । अरुका लागि समय र श्रम खर्च हुँने हुँदा आफ्नो काम थाति रहनेछन् ।

शुभ अंक — १

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अध्ययनमा समय दिन नसक्दा अरुभन्दा परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन । आर्थिक रुपमा कमजोर हुदा दैनिक आवस्यक्ताहरु परिपुर्ति गर्न सकिने छैन । राजनिति तथा समाजसेवामा जनताको कमजोर सहभागित रहनेछ । आफन्त थता साभिभाईहरुको सहयोग नपाईदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्नाले केहि समयको लागी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३

शुभ रंग —  निलो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयको सहि सदुपयोग गरि बिदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउँन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको बिदेश यात्रा हुँने सम्भावनालाई नकार्न सकिदैन । पढाई लेखाईमा मन जाने छैन भने अरु भन्दा कमजोर साबित होईनेछ । व्यावसायबाट भनेजस्तो आम्दानि नहुँने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्तबिचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुँन सक्छ सचेत रहनुहोला ।

शुभ अंक — ३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ ।

शुभ अंक — ७

शुभ रंग — खरानि

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँने हुँदा अन्य काम गर्न सहज हुँनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ  भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ६

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाढि बढ्नुहोला । व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । धर्म सस्कृतिमा चासो बढ्नेछ भने धार्मिक स्थलहरुको यात्रा हुँनेछ । पढाई लेखाईमा समय अलि बढिनै समय दिनुहोला अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने हुँन सक्छ ।

शुभ अंक — ३

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानि गरे पनि आम्दानि नहुँने हुँनाले दैनिक गुजार ऋणलिएर चलाउँनु पर्ने बाध्यता आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुँनेछ भने जीवन साथिको सहयोग नपाउँदा कामहरु थाति रहनेछन् । पढाई लेखाई अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

शुभ अंक — ४

शुभ रंग — खरानि

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । बिलाशि जीवन जीउँन खोज्दा पढाई लेखाई तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुँनाले दैनिक काम गर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

शुभ अंक — ५

शुभ रंग  — गुलावी

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना समस्या तथा बिवादित बिषयहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ । रुपैया पैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानि गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सामान्य प्रतिष्पर्धिहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुँने समय रहेकोछ ।

शुभ  अंक — ६

शुभ रंग —  पहेलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शिक्षामा गरिएको लगानिबाट भनेजस्तो आम्दानि नहुँने तथा बिद्यार्थि वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकैनै मेहनेत गर्नु पर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिच एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुँनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

शुभ अंक — २

शुभ रंग — निलो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुँनेछ । पढाई लेखाई बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — पिङक

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप