आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रमुख अतिथिको विवादले गाउँपालिका प्रमुखको सपथ ग्रहण कार्यक्रम स्थगित

शनिबार, २४ असार २०७४, १३ : १३
शनिबार, २४ असार २०७४

परासी–नवलपरासीको सिमावर्ती गाउँपालिका सरावलमा प्रमुख अतिथिको विवादले सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । 
सरावल गाउँपालिकाकोे नव निर्वाचित गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र उपाध्यक्ष उत्तमा राय लगायत विभिन्न वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउन, आयोजना गरिएकोे कार्यक्रममा प्रमुख अतिथिको विवाद आएपछि कार्यक्रम स्थगित भएको हो ।
सरावल गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा पर्दछ । उक्त क्षेत्रका सांसद विक्रम खनालाई सपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथि बनाई निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण गराउन खोज्दा नव निर्वाचित गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले नमानेपछि कार्यक्रम स्थगित भएको निर्वाचन समितिले जनाएको छ । सांसद खनाल नेपाली कांग्रेसका नेता पनि हुन् ।

हिजो शुक्रबार २३ गते गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा निर्वाचन समितिले सांसद खनाललाई प्रमुख अतिथिको रुपमा बोलाएको थियो भने यता निर्वाचित गाउँपालिका अध्यक्ष चौधरीले आफनो लोकतान्त्रिक फोरमका नेता एवं पुर्वरक्षाराज्य मन्त्री रामबचन यादवलाई प्रमुख अतिथिको रुपमा त्यसै कार्यक्रममा बोलाएका थिए ।
अध्यक्ष चौधरीको चाहना पुर्वरक्षराज्य मन्त्री यादवलाई प्रमुख अतिथि बनाउने थियो तर उपाध्यक्ष रायको चाहना सांसद खनाललाई प्रमुख अतिथि बनाउने भएर प्रमुख अतिथिको विषयमा विवाद चुलिएको थियो । अध्यक्ष चौधरी लोकतान्त्रिक फोरम पार्टीबाट उम्मेदवारी दिई बिजयी भएका छन् भने उपाध्यक्ष राय नेपाली कांगेसको खेमबाट बिजयी भएकि छिन्् ।
अध्यक्ष चौधरी र उपाध्यक्ष रायले आ–आफनो नेतालाई प्रमुख अतिथि बनाउने अडान राखेपछि सपथ ग्रहण कार्यक्रम भोली आईतबारको लागि स्थगित गरिएको निर्वाचित समितिले जनाएको छ । नव निर्वाचित अध्यक्ष र उपाध्यक्षले भने, ‘यदि मेरो नेता प्रमुख अतिथि भएन भने हामी सपथ खादैनांै ।’
 ७ वटा वडा रहेको उक्त गाउँपालिकाको प्रमुखमा लोकतानित्रक फोरम र उप प्रमुखमा नेपाली कांग्रेस बिजयि भएको छ । उक्त गाउँपालिकाको ४ वटा वडामा लोकतान्त्रिक फोरम, दुईवटा वडामा कांग्रेस र एउटा वडामा माओबादी केन्द्र वडा अध्यक्षहरु बिजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप