सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एचएच बजाजले ल्याउँदैछ नयाँ अवतारको डिस्कभर

शुक्रबार, १४ वैशाख २०७५, १३ : १६
शुक्रबार, १४ वैशाख २०७५

काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज डिस्कभर 125cc को बिल्कुलै नयाँ अवतार नेपाली बजारमा ल्याउन लागेको छ । डिस्कभर 125cc बजारमा उपलब्ध अन्य बाइकहरुभन्दा हरेक प्रकारले पृथक भएको कम्पनीको दावी छ । बाइकको लन्च जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा वैशाख १५ गते हुने कम्पनीले जनाएको छ । 

नयाँ डिस्कभर 125cc मा 125cc मै अहिलेसम्म नभएको नयाँ एलइडी डीआरएल र डिजिटल कन्सोल छ, जसले बाइकलाई पृथक लुक र चालकलाई सहुलियत प्रदान गर्दछ । यसै गरी यसमा नयाँ आकर्षक डिजाइन, १६% लामो सस्पेन्सन, नयाँ टेक्सचर भएको सीट, नयाँ आकर्षक टेल लाईट र अझ उत्कृृष्ट डीटीएसआई इञ्जिन पनि छ । त्यसैले यो नयाँ डिस्कभर 125ccले 125ccलाई नै फेरि परिभाषित गरी नयाँ अवतार भनि परिभाषित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप