सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजारमा फोर्स सिमेन्टको आकर्षक प्याकेजिङ्ग

आइतबार, १६ वैशाख २०७५, १९ : १४
आइतबार, १६ वैशाख २०७५

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले आफ्नो फोर्स ब्राण्डलाई नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएको छ ।

हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभश्री जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएलएडिस्थको अत्याधुनिक प्रविधि भर्टिकल रोलर मिल्स जडान गरी उत्पादन सूचारु गरेको जनाएको छ । समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ्ग अझ आकर्षक र उपभोक्ता मैत्री  भएको कम्पनीको दावी छ । यस उद्योगले आफ्नो उद्योगलाई सधै नै प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्दै उपभोक्ताको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप