सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्यान्टाको लोगो परिर्वतन, युवा केन्द्रित क्याम्पेन सुरु

मङ्गलबार, १८ वैशाख २०७५, १३ : ३३
मङ्गलबार, १८ वैशाख २०७५

काठमाडौं । कोकाकोला नेपालले फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । उज्यालो कलरको नयाँ लोगो हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको कम्पनीले बताएको छ ।

नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले फ्यान्टाको नयाँ लोगोले युवाहरुसँग आफुलाई जोडेर ब्राण्ड बिल्ड गर्नमा सहयोग पुर्याउँने बताए । अहिलेको नयाँ पुस्तालाई ब्रान्डको बिषयमा धेरै ज्ञान रहेको र उनीहरुको दृष्टिकोणलाई लिएर फ्यान्टाको क्याम्पेन सुरु गरेको सिंहले बताए ।  तबपभयखभच।ाबलतब।अयm जस्ता प्याटफर्महरु मार्फत टीनएजर्सलाई क्याम्पेनमा भाग लिन र केहि नयाँ सृजना गर्न उत्सुक बनाउने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप