सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वाम गठबन्धनप्रति गगन थापाको कटाक्ष :  एकता गर्न नसक्ने अनि अरुलाई दोष दिने ?

बुधबार, १९ वैशाख २०७५, १३ : १२
बुधबार, १९ वैशाख २०७५

गुल्मी–नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा वाम गठबन्धनप्रति खनिएका छन् । भागबण्डा मिलाउन नसकेर एकता गर्न नसक्ने एमाले र माओवादी केन्द्रका नेताहरुले अनावश्यक टिप्पणी गरेको उनको आक्रोश थियो । 
 

आज  गुल्मी आउँदै गर्ने क्रममा बुटवलमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै नेता थापाले भने–‘ आफू नेताहरुबीच पद वाँडफाँट  र  व्यवस्थापन मिलाउन नसक्ने अनि अदृश्य शक्ति वाम एकता हुन नदिन लागी परेको छ भन्दै प्रतिपक्षलाई संकेत गर्ने ? यस्तो  भन्न एमाले र माओवादी नेताहरुलाई यस्तो भन्न लज्जावोध हुनु पर्ने ।’

उनले थपे–‘उहाँहरुलाई जनताले पनि मिल्नुस् भन्ने म्यागनेट दिएका छन् , त्यही अनुसार एकता होस् हाम्रो शुभकामना छ तर त्यसरी अरुलाई दोष दिन चाँही हुँदैन ।’
 

उनले विगतमा जस्तो प्रतिपक्षले सत्ता पक्षलाई असहयोग गर्ने चरित्र कांग्रेसले नदेखाउने पनि दावी गरे । 

‘राम्रा कामलाई हामीले सहयोग गछौं, संविधान र संघियताको कार्यान्वयन,  प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको छ ।  यस कार्यमा सरकारलाई कांग्रेसले सहयोग गर्छ तर वरालीन थाल्यो भने उसलाई सहि ठाउँमा ल्याउने काम कांग्रेसले गर्छ ’–  थापाले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप