सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फोर्डको फ्रिस्टाईल सीयूभी सार्वजनिक

बुधबार, १९ वैशाख २०७५, १६ : ३७
बुधबार, १९ वैशाख २०७५

काठमाडौँ । जिओ अटोमोवाइल्सले क्रसओभर युटिलिटी भेइकल (सीयूभी) सेगमेन्टको फ्रिस्टाइल सार्वजनिक गरेको छ । 

फोर्ड इन्डियाले उत्पादन गरेको नयाँ क्रसओभर युटिलिटी भेइकल (सीयूभी) सेगमेन्टको फ्रिस्टाइल गत साता मात्रै भारतीय बजारमा सार्वजनिक भएको थियो । 

अटोमोबाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले जि.ओ. अटोमावाईल्सले फोर्ड फ्रिस्टाइलमा क्रसओभर मात्र नभई भरपूर विशेषताहरु भएको बताए ।
 

उनले नेपाली ग्राहकहरुको मागलाई ध्यानमा राखेर नै फोर्ड फ्रिस्टाइल लन्च गरेको बताए । एसयूभी जस्तो डिजाइन र टेक्नोलोजीले भरिपूर्ण  फोर्ड फ्रिस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटी भेइकल हुने दाबी गोल्छाको छ ।

 फोर्ड फ्रिस्टाइलमा नविनतम प्रविधि, सुरक्षा र सुविधाका साथ ९६ पीएसपावर दिने इन्जिन, १९० एमएम ग्राउण्ड क्लियरेन्स, ६ एयरव्याग र सिङ्क ३ इन्फोटेन्मेन्ट सिस्टम रेहेको छ । जसले गाडी चालकलाई आफ्नो स्मार्टफोन सँग पूरा कनेक्ट गराउँछ । 

भारतमा यसको सुरुवाती मूल्य ५ लाख ९ हजार भारु तोकिएको छ भने नेपालमा सुरुवाती मूल्य २६ लाख ९९ हजारबाटरहेको कम्पनीले जनाएको छ । “डु एभ्रिथिङ एण्ड रिग्रेट नथिङ्” नारा सहित आएको फोर्ड फ्रिस्टाइल नयाँ डिजाइन र उच्च कार्यक्षमतायुक्त रहेको कम्पनीको दाबी छ । 

फोर्ड फ्रिस्टाईललाई १ देखि ३ मे सम्म प्रदर्शन गरिने समेत कम्पनीले बताएको छ । सार्वजनिक भएको ३ दिनमा फोर्ड फ्रिस्टाइल बुक गरेमा ग्राहकहरुले रु.२५,००० सम्मको फ्री सपिङ गर्ने अवसर पनि पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप