सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘तरकारीवाली’ कुशुम र मेरो जोडी दर्शकले मनपराउने छन् – अभिनेता कबिर

शुक्रबार, २१ वैशाख २०७५, ०९ : ४४
शुक्रबार, २१ वैशाख २०७५

काठमाडौं – पछिल्लो समय डेब्यु गर्ने हिरो हिरोइनको बाढी नै आएको छ । प्रदर्शनमा आउने जुनै चलचित्रमा पनि हिरो अथवा हिरोइन कोही न कोही डेब्यु गरेकै देख्न पाइन्छ ।

यस्तैमा २८ बैशाखबाट प्रदर्शनमा आउने चलचित्र ‘लम्फु’बाट पनि केही कलाकार डेब्यु गर्दैछन् । ति मध्यका एक हुन् कबिर खड्का । कबिर ‘लम्फु’बाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् ।

तरकारीकवालीको रुपमा भाइरल गर्लसँग कबिरले पर्दामा रोमान्स गरेका छन्, भने उनीसँगै धेरै चलचित्र अभिनय गरिसकेका अभिनेता सलोन बस्नेत पनि मुख्य भूमिका छन् । त्यसैले सलोन भएको चलचित्रमा डेब्यु कलाकार ओझेलमा पर्दछन् समेत भन्ने गरिन्छ । 

उदारहणका रुपमा ‘ए मेरो हजुर–२’ लाई लिन सकिन्छ । यो चलचित्रको सफलताको क्रेडिट सलोनले पाएका थिए । ‘लम्फू’मा त्यो नहोला भन्न सकिन्न । सलोनका कारण आफू छायाँमा पर्ने डर नभएको अभिनेता कबिरले बताए । चलचित्रमा दुबैको भुमिका र फरक फरक भएकोले एकले अर्काेलाई ओझेलमा पार्ने सम्भावना नरहेको कबिरले बताए । भने, ‘सलोनको अभिनयले आफूलाई अझ सजिलो भएको छ ।’

गोपालचन्द्र लामिछानेको निर्देशन रहेको ‘लम्फू’मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको पनि अभिनय रहेको छ ।

कबिरको भने तरकारीवाली कुशुमसँग पर्दामा रोमान्स छ । ‘कुशुमसँगको आफ्नो रोमान्स निकै राम्रो भएको छ’ कबिरले भने ‘दर्शकले हाम्रो जोडी मन पराउने छन् ।’    

एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु देखाउन खोजेको ‘लम्फू’ पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । यसै चलचित्रबाट आफु अभिनयमा स्थापित हुने कबिरको दाबी रहेको छ ।

अभिनेता करिबसँगको भिडियो कुराकानी  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप