सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रोडक्ट रिभ्यु : कस्तो छ फोर्ड फ्री–स्टाइल सीयूभी ?

शुक्रबार, २१ वैशाख २०७५, ११ : ३४
शुक्रबार, २१ वैशाख २०७५

काठमाडौँ । जीओ अटोमोबाइल्सले क्रसओभर युटिलिटी भेइकल (सीयूभी) सेगमेन्टको फ्री–स्टाइल सार्वजनिक गरेको छ । फोर्ड इन्डियाले उत्पादन गरेको नयाँ क्रसओभर युटिलिटी भेइकल (सीयूभी) सेगमेन्टको फ्री–स्टाइल गत साता मात्रै भारतीय बजारमा सार्वजनिक भएको थियो । 

अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले जीओ अटोमाबाइल्सले फोर्ड फ्री–स्टाइलमा क्रसओभर मात्र नभई भरपूर विशेषता भएको बताए । 

उनले नेपाली ग्राहकहरूको मागलाई ध्यानमा राखेर नै फोर्ड फ्री–स्टाइल लन्च गरेको बताए । एसयूभी जस्तो डिजाइन र टेक्नोलोजीले भरिपूर्ण यस फोर्ड फ्री–स्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटी भेइकल हुने दाबी गोल्छाको छ । फोर्ड फ्री–स्टाइलमा नवीनतम प्रविधि, सुरक्षा र सुविधाका साथ ९६ पीएस पावर दिने इन्जिन, १९० एमएम ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग र सिङ्क ३ इन्फोटेन्मेन्ट सिस्टम रेहेको छ । जसले गाडी चालकलाई आफ्नो स्मार्टफोनसँग पूरा कनेक्ट गराउँछ । 

भारतमा यसको सुरुवाती मूल्य ५ लाख ९ हजार भारु तोकिएको छ भने नेपालमा सुरुवाती मूल्य २६ लाख ९९ हजारबाट रहेको कम्पनीले जनाएको छ । नेपालीले अफोर्ड गर्न सक्ने र नेपालको रोडमा सजिलै

फोर्डले ल्याएको यो नयाँ सीयूभीले नेपालमा ह्याचब्याकभन्दा हल्का ठूलो गाडी रुचाउने ग्राहकहरूमध्ये बढ्दो माग पूर्ति गर्ने आशा कम्पनीको छ । 

‘डु एभ्रिथिङ एन्ड रिग्रेट नथिङ’ नारासहित आएको फोर्ड फ्री–स्टाइल नयाँ डिजाइन र उच्च कार्यक्षमतायुक्त रहेको कम्पनीको दाबी छ । 

फोर्ड फ्री–स्टाइललाई १ देखि ३ मेसम्म प्रदर्शन गरिने कम्पनीले बताएको छ । सार्वजनिक भएको ३ दिनमा फोर्ड फ्री–स्टाइल बुक गरेमा ग्राहकहरूले रु. २५,००० सम्मको फ्री सपिङ गर्ने अवसर पनि पाउने छन् ।
 

हेर्नुहोस् भिडियो तथा तस्विर :
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप