बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २२ वैशाख २०७५, ०५ : ५१
शनिबार, २२ वैशाख २०७५

आजको राशिफल

वि.स.२०७५ साल वैशाख २२ गते । शनिबार । ईश्वी सन् २०१८ मे ०५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि पञ्चमी १६ घडी ४० पला,दिउसो १२ बजेर ०४ मिनेट उप्रान्त षष्ठि । नक्षत्र पूर्वाषाडा ४७ घडी २८ पला,रातको १२ बजेर २३ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध १२ घडि ०८ पला,बिहान १० बजेर १५ मिनेट उप्रान्त साध्य । 

 

करण तैतिल,दिउसो १२ बजेर ०४ मिनेट उप्रान्त गर,रातको १ बजेर ०५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मातंग योग । चन्द्रराशि धनु । 

काठमाडौंमा सूर्योदय ५ बजेर २४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी ०८ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानि गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । 

शुभ अंक — १

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । 

शुभ अंक — ३

शुभ रंग —  खरानि

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुँनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु  आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यामा गरिएको लगानि बाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानि बढाउँने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

शुभ अंक — ५

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । 

शुभ अंक — ६

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अदालति तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरि छ । पढाई लेखाईमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — प्याजी

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग  — कफि

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

शुभ  अंक — ६

शुभ रंग —  पहेलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

सकिनेछ ।

शुभ अंक — २

शुभ रंग — निलो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त जन तथा दाजुभाईबाट  भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग — खरानि

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिष्पर्धिहरु परास्त हुँनेछन् भने नयाँ काम पाउँने तथा नोकरिमा बुढुवा हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछि सम्म आम्दानि भईरहने व्यावसायमा लगानि गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा बिजय हुँने योग रहेकोछ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । 

शुभ अंक — ४

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप