मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

३ सय १२ तहको मत परिणाममा १ जना मात्रै महिला मेयर, २ अध्यक्ष र २५ वडाध्यक्ष

आइतबार, २५ असार २०७४, १७ : २१
आइतबार, २५ असार २०७४

शम्भु दंगाल 

३५ जिल्लाका ३ सय ३४ स्थानीय तह मध्ये ३ सय ३१ तहको मतगणना कार्य सम्पन्न भइसकेको छ । यी मध्ये निर्वाचन आयोगले संकलन गरेको ३ सय १२ स्थानीय तहको आंकडा बर्गिकरणका आधारमा हेर्दा १ सय ९ नगरपालिकामा १ जनामात्र महिला प्रमुख पदमा निर्वाचित भएकी छिन् । 

यस्तै २ सय २ गाँउपालिमामा भएको निर्वाचनबाट २ जना महिलाले मात्र गाँउपालिका अध्यक्ष जितेका छन् । वडाध्यक्षमा भने २५ महिला बिजयी भएका छन् । 
नगरपालिका र गाँउपालिका प्रमुखमा पुरुष हावी 

पहिलो चरणको निर्वाचनमा जस्तै दोश्रो चरणको निर्वाचनमा पनि स्थानीय तहको प्रमुखमा पुरुष जनप्रतिनिधी हावी भएका छन् । ३ सय १२ स्थानीय तहको आधारमा हेर्दा गाँउपालिका र नगरपालिका प्रमुखमा ३ सय ९ पुरुष जनप्रतिनिधी निर्वाचित भएका छन् भने जम्मा ३ जना महिलाले प्रमुख पदमा निर्वाचित भएका छन् ।

१ सय १० नगरपालिकाको आंकडा हेर्दा १ सय ९ पुरुष मेयर र १ महिला मेयर निर्वाचित भएका छ् । यस्तै २ सय २ गाँउपालिका अध्यक्षमा २ सय पुरुष अध्यक्षमा र २ जना महिला अध्यक्षमा बिजयी भएका छन् । 

उपप्रमुख र उपाध्यक्षमा महिलाको बहुमत 

३ सय १२ स्थानीय तहको आंकडामा उपप्रमुख तथा उपाध्यक्षमा महिला जनप्रतिनिधीको बाहुल्यता रहेको छ । १ सय १० नगरपालिकामा उपप्रमुखमा ७ पुरुष निर्वाचित भएका छन् भने १ सय २ महिला निर्वाचित भएका छन् । यता गाँउपालिका उपाध्यक्षमा १० पुरुष जनप्रतिनिधी चुनिएका छन् भने १ सय ९२ महिला जनप्रतिनिधी उपाध्यक्षमा चुनिएका छन् । 

यस्तै वडा अध्यक्षमा २ हजार ६ सय ६८ पुरुष जनप्रतिनिधी विजयी भएका छन् भने २५ महिला जनप्रतिनिधी गरी कूल २ हजार ६ सय ९३ वडाध्यक्ष निर्वाचित भएका छन् । 

३ सय १२ स्थानीय तहमा कुल १४ हजार ३२ पदाधिकारी निर्वाचित भएका छन् जसमा नगरपालिका प्रमुखमा १ सय १० जना, उपप्रमुखमा १ सय ९ जना निर्वाचित भएका छन् । यस्तै २ सय २ गाँउपालिका अध्यक्ष, २ सय २ उपाध्याक्ष र २ हजार ६ सय ९३ वडा अध्यक्ष विजयी भएका छन् । 

यस्तै २ हजार ६ सय ८६ महिला सदस्य, २ हजार ६ सय ६२ दलित महिला सदस्य र ५ हजार ३ सय ६८ खुला सदस्य निर्वाचित भएका छन् ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप