मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२ नम्बर प्रदेशमा चुनाव गराउन आयोगले माग्यो १ अर्व ७० करोड

आइतबार, २५ असार २०७४, १७ : ३८
आइतबार, २५ असार २०७४

काठमाडौं– असोज २ गतेका लागि तय गरिएको प्रदेश नं. २ को निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगले सरकारसँग थप झन्डै १ अर्व ७० करोड रुपैयाँ माग गरेको छ । आयोगको बैठकले निर्वाचनको तयारीका लागि सरकारसँग उक्त थप रकम माग गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
 
दुई नम्बर प्रदेशको निर्वाचनका लागि मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु तयारी अवस्थामा रहेपनि आयोगले सरकारसँग थप रकम माग गरेको हो । कर्मचारी परिचालन, मतदाता शिक्षा र तालिम कार्यक्रममा उक्त रकम खर्च गरिने प्रवक्ता शर्माले बताए । 

आयोगलाई यसअघि सरकारले १० अर्व ६३ करोड ७६ हजार रुपैयाँ दिइसकेको छ । गत फागुन ९ गतेको मन्त्रीपरिषद बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगलाई यो रकम दिने निर्णय गरेको थियो ।

आयोगले गएको शुक्रबार पहिलो र दोश्रो चरणको निर्वाचनका क्रममा पाँच अर्व ५४ करोड खर्च भएको बिवरण प्रस्तुत गरेको थियो । साथै बाँकी ३ अर्ब रुपैया सरकारलाई फिर्ता पठाएको पनि जनाएको थियो । केही दिन भित्र औपचारिक रुपमा खर्च विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप