बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, २६ वैशाख २०७५, ०५ : ३४
बुधबार, २६ वैशाख २०७५

आजको राशिफल

वि.स.२०७५ साल वैशाख २६ गते । बुधबार । ईश्वी सन् २०१८ मे ०९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि नवमी ३४ घडी ५५ पला,बेलुकी ७ बजेर १९ मिनेट उप्रान्त दशमी । नक्षत्र धनिष्ठा ५ घडी ५१ पला,बिहान ७ बजेर ४१ मिनेट शतभिषा । योग ब्रम्ह १७ घडि ०६ पला,दिउसो १२ बजेर ११ मिनेट उप्रान्त ऐन्द्र । करण तैतिल,बिहान ६ बजेर १९ मिनेट उप्रान्त गर,बेलुकी ७ बजेर १९ मिनेट उप्रान्त गर । 

 

आनन्दादिमा मित्र योग । चन्द्रराशि कुम्भ  । पञ्चक। कानुन दिवस।

काठमाडौंमा सूर्योदय ५ बजेर २१ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २१ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।

शुभ अंक — २

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुँनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ५

शुभ रंग —  सेतो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृति सँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षा सँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुदा मन प्रशन्न रहनेछन् ।

शुभ अंक — ३

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

शुभ अंक — ४

शुभ रंग — खरानि

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाई लेखाई प्रगति पथमा लगाडि बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ६

शुभ रंग —  रातो

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षामा गरिएको लगानिबाट भनेजस्तो आम्दानि नहुँने तथा बिद्यार्थि वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकैनै मेहनेत गर्नु पर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिच एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुँनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

शुभ अंक — ३

शुभ रंग — खरानि

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमा सँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुँनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुँनेछ । राजनिति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने समय रहेकोछ । 

शुभ अंक — ४

शुभ रंग  — गुलावी

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाईने हुँदा मन प्रशन्न हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानिका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउँन चाहानेहरुका लागि समय राम्रो रहेकोछ । पढाई लेखाईमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुँने योग रहेकोछ । दैनिक जविनलाई सहज हुँने छोटो तथा रमाईलो यात्रा हुँनेछ । धर्म कर्ममा मन जाने हुँनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुँनेछ ।

शुभ  अंक — ६

शुभ रंग —  पहेलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुँनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुँनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

शुभ अंक — २

शुभ रंग — खरानि

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न बिलाशी बस्तुको प्रयोग गरि मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरु  बाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्ने बाताबरण बन्नेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ ।

शुभ अंक — ४

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप