सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अफर स्वीकार्न सकेकी छैन – अभिनेत्री डली सरकार

शनिबार, २९ वैशाख २०७५, ११ : २३
शनिबार, २९ वैशाख २०७५

डली सरकार केही दिन पहिले प्रदर्शित चलचित्र ‘भोर’की अभिनेत्री हुन् । ‘भोर’को व्यवसाय सोचे जस्तो नभए पनि उनले भने अभिनयबाट राम्रो चर्चा पाइन् । ‘भोर’ उनको नेपाली भाषाको पहिलो चलचित्र हो । त्यसो त उनले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेको भने होइन । थुप्रै भोजपुरी र मैथली चलचित्र अभिनय गरेकी उनी मिथिलाञ्चलकी हिट अभिनेत्री हुन् । कृष्ण धारावासीको कथा तथा यादव भट्टराईको निर्देशन रहेको ‘भोर’ तराईको दाइजो प्रथासम्बन्धी विषयमा निर्माण भएको चलचित्र हो । चलचित्रमा उनको अभिनय जीवन्त रहेको थियो । सानैदेखि कलाकारिता रोजेकी उनी ह्यान्सम केटा मन पराउँछिन् । अभिनेत्री भए पनि पहिरनमा खासै सौख नभएको बताउने उनी अहिलेसम्म प्रेम नपरेको बताउँछिन् । यिनै अभिनेत्री डलीसँग रातोपाटीको दश प्रश्न ।

पहिलो पटक नेपाली भाषाको चलचित्र ‘भोर’ अभिनय गर्नुभयो । प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
– पहिले त ‘भोर’ अभिनय गर्ने कुराले निकै डर लागेको थियो । त्यसमा पनि ‘झोला’ जस्तो सफल चलचित्रको युनिटसँग । अभिनय गर्न सक्छु कि सक्दिनँ भन्ने थियो । तर काम थाले पनि सहज वातावरणमा सकियो । प्रदर्शनमा आएपछि भने चारैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । खुसी लागेको छ । प्रदर्शनमा नआउन्जेल डर थियो । अहिले उत्साहित भएकी छु । 

मूल भाषाकै चलचित्रलाई निरन्तरता दिऊँ भन्ने लागेको छैन ?
किन नहुनु, छ । त्यस्तो वातावरण बन्यो अर्थात चलचित्रका अफरहरू आए भने गर्छु ।

आफ्नो सौन्दर्यतिर कति ध्यान दिनुहुन्छ ?
– अभिनेत्रीले आफ्नो सौन्दर्यमा ध्यान दिनुपर्ने हुन्छ । तर मलाई प्रकृतिले दिएको सौन्दर्य नै राम्रो लाग्छ । तर पनि यसलाई कहिले काहीँ मेन्टेन गर्नुपर्ने हुन्छ । ह्याबी मेकअप गर्न रुचाउने मेरो बानी छैन । बाहिर निस्कँदा लिपस्टिक र साधारण फाउन्डेसन लगाएर हिँड्न रुचाउँछु । 

फिट्नेस त गर्नुहुन्छ होला ?
– म अलिकति अल्छी छु । तर पनि नियमित योगा गर्छु । एक्सरसाइज गर्छु । जिमतिर धाउने बानी भने छैन ।

फेसनतिर रुचि त होला नि ?
– फेसनतिर खासै रुचि छैन । आफूलाई जुन मन प¥यो । त्यो लगाउँछु । चलेका फलो गर्ने, नयाँ बनाउन लगाउने गर्दिनँ । 

पूरा नभएको सपना ?
– अभिनयमा स्थापित हुने सानैदेखि देखेको सपना हो । त्यो पूरा अहिले भइरहेछ । मैले बालकलाकारदेखि अभिनय थालेकी हुँ । अहिले पनि जारी छ । 

घुम्न कतिको मन पराउनु हुन्छ ?
–यो मेरो रुचिको विषय हो । नयाँ ठाउँ घुमेर नौलो अनुभव लिन धेरै मनपर्छ । 

रिस कतिको उठ्छ ?
– खासै उठ्दैन भन्दा पनि हुन्छ । म सधैँ हाँसिरहन रुचाउने खालकी केटी हुँ ।

खराब बानी ?
– बिहान समयमा उठ्न सक्दिनँ । अल्छी छु । सादय यो नै होला मेरो खराब बानी ।

मनपर्ने पुरुष ?
– लुक्समा हेर्दा राम्रो, ह्यान्डसम, स्मार्ट भन्नुपर्छ । नेचरको कुरा गर्दा पोजेटिभ नेचर भएको, महिलालाई सापेट गर्ने, समाजिक काममा रुचि भएको पुरुष राम्रो लाग्छ । 

प्रेममा हो ?
–  अफर त धेरै आउँछन् । तर छुइनँ । अफरलाई सामान्य नै लिएकी छु । अहिले करियर निर्माणमा फोकस भएको कारण कुनै पनि प्रेमका अफर स्वीकार्न सकेकी छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप