सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘शत्रु गते’ले साट्यो ५१ औँ दिनको खुसीयाली

आइतबार, ३० वैशाख २०७५, ११ : ४१
आइतबार, ३० वैशाख २०७५

काठमाडौं – एकसाता पनि निकै मुस्किलले चलचित्र चल्ने गरेको वर्तमान समयमा चलचित्र ‘शत्रु’ गतेले भने प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भएको छ । गत वर्षको अत्यतिर प्रदर्शनमा आएको यो चलचित्रले  शनिबारबाट ५१ आंै दिन पार गरेको हो ।

७ सिनेमा भवनमा ५१ औँ दिन मनाउन सफल ‘शत्रु गते’ ले शनिबार नै एक कार्यक्रमको आयोजनासहित सफलताको खुसी सबैमाझ बाँडेको छ ।  रात्रि भोजको आयोजना निर्माण युनिटले सफलताको खुसी चलचित्रको टिम, चलचित्रकर्मी तथा पत्रकार माझ बाँडेको हो ।

इमाडोल स्थित इन्द्रेणी ब्यान्केटमा आयोजित कार्यक्रममा निर्माण युनिटले  सहयोगी सबैलाई मायाको चिनो समेत प्रदान गरे ।

कार्यक्रममा पुराना अभिनेता शिव श्रेष्ठ, दीलिप रायमाझी, केशव भट्टराई , संगीतकार शम्भुजित बास्कोटा, सञ्चारकर्मी रवी लामिछाने, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायत ‘शत्रु गते’का कलाकार, प्राविधिक, तथा रंग पत्रकारको उपस्थिति रहेको थियो । 

हरिवंश आचार्यको कथा र निर्देशक समेत रहेका प्रदीप भट्टराइ, दिपकराज गिरी हरिवंश आचार्यको रहेको चलचित्रमा छायाँकन दिर्घ गुरुङ, सम्पादन मित्र गुरुङको रहेको थियो ।

दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य चलचित्रका निर्माता रहेका थिए ।

प्रदीप भट्टाराईले निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतको अभिनय रहेको थियो । 

मह सञ्चारको ब्यनारमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् ।

– हामीलाई शत्रु गते बनाउन सत्र वर्ष लाग्यो तर अब यसलाई हामी हरेक वर्ष निरन्तरता दिनेछौ प्रस्तुतकर्ता समेत रहेका कलाकार किरण केसीले भने । 

– कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रसँग जोडिएका सबैलाई धन्यवाद दिदै दर्शकको टेस्ट अनुसार चलचित्र निर्माण गर्न सर्किकोमा गर्भ लागेको बताए । उनले आगामी दिनमा पनि दर्शककै रुची अनुसार चलचित्र बनाउने बताए ।

– चलचित्रका निर्माता समेत रहेका अभिनेता हरिवंश आचार्यले भने ‘जुन सोच अनुसार हामीले काम थालेका थियौँ, त्यो आज पुरा भएको छ ।’ उनले आउँदा दिनमा अझै राम्रो चलचित्र पस्कने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप