बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डकुमेन्ट– पढ्नुहोस्, एमाले–माओवादी एकताको ६ बुँदे संयुक्त घोषणा पत्र

शुक्रबार, ०४ जेठ २०७५, १० : ०५
शुक्रबार, ०४ जेठ २०७५

१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक  राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा  (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई  विधिवत् एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं ।  यो सुखद् ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६–बुँदे सहमति गर्दै नेपालको संविधान अन्तर्गत पहिलो पटक हुने प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा साझा घोषणपत्र र उम्मेदवारहरुका साथ हामी अघि बढेका थियौं । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोष सहित हामीले गरेका निर्णयहरु जनता तथा पार्टी कार्यकर्ताहरुबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक हामीले संघीय संसदमा दुई तिहाई बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरु मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्वपूर्ण सफलता हासिल भएका छन्ं । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीको तर्फबाट जारी विशेष निर्देशनलाई पार्टी पंक्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंंस्कृत नेपाल निर्माण गरेर  हामीले दिगो र युगिन महत्वको बनाउने छौं ।

२) पार्टी एकीकरणको गहनतम् कार्यलाई अघि बढाउनको लागि यस बीचमा बनेका विभिन्न कार्यदलहरु र दुबै पार्टीका  नेताहरु सम्मिलित आठ सदस्यीय पार्टी एकता संयोजन समितिले साझा घोषणा, सरकारका सुशासन र विकासका प्राथमिकतासम्बन्धी प्रतिवेदन,  राजनीतिक प्रतिवेदन र अन्तरीम विधान तयार गर्ने जिम्मेवारी पूरा गरेका छन् । दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरुलाई समेत सहज तुल्याउँदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान ग¥यो । यसरी सहमतिका साथ एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले)ं र नेकपा  (माओवादी केन्द्र) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकतावद्ध  नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका छौं । युगिन महत्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समय देखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ । 

३) पार्टी एकीकरणको कार्य अगाडि बढाइ रहँदा हामीले यस अघि जारी सहमति पत्र, एकताका आधारहरु तथा राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणा एवं मान्यता स्पष्ट गरिसकेका छौ । नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीमा जनबादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडी बढाइने छ । यिनै वैचारिक मान्यताहरु अनुरुप प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहने  छौं । साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा देखिको समाजवाद स्थापनाको महान लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरु दृढरुपले प्रतिवद्ध रहने छाँै । 
उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ । त्यस्तै  संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानाता, सम्मान र हितको आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकी लगायत विश्वका सबै देशहरुसंग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।   

४) हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तका र सामुहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र संचालन हुनेछ । यो पार्टी जनाधारित कार्यकता पार्टी हुनेछ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरीम विधानमा व्यवस्थित संगठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्ने छौं । पार्टी कमिटी र सबै जनसंगठनहरु सोही अनुरुप परिचालित र क्रियाशील  हुनेछन् । यो पार्टी सबै प्रकारका प्रतिकृयावाद, अवसरवाद र संकीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ ।  उपलब्ध साधन र श्रोतहरुको अधिकतम् उपयोग, राष्ट्रिय पूँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना  हुनेछ । यस अनुरुप सरकारको प्रभावकारी संचालन गरिने छ । यही लक्ष्य, उद्देश्य र मान्यता अनुरुप पार्टी पंक्ति एकताबद्ध, संगठित र परिचालित हुनेछ ।

५) हाम्रा दुई पार्टीको यो एकीकरणबाट विभाजन र मतभेदको अवस्था झेल्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन मूलतः एकतावद्ध भएको छ । नेपाल र नेपाली जनताको सर्वाेपरी हितमा केन्द्रित यो एकीकरणको मर्म अनुरुप आवश्यक छलफल एवं वहसको प्रक्रियामा संलग्न हुँदै देशका अन्य कम्युनिष्ट तथा श्रमिक पार्टी वा समूहरुलाई पनि एकताको यस् महान प्रक्रियामा सामेल हुन हार्दिक आव्हान गर्दछौं । 

६) हाम्रो कष्टसाध्य प्रयत्नबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीनै तहका निर्वाचन गरी देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको समयमा हाम्रो एकीकरणले राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र समृद्धि चाहने सबैमा खुशी र उत्साहको लहर सिर्जना गर्नेमा हामी विश्वस्त छौं । राष्ट्रिय हित र समाजवाद निर्माणमा दीर्घकालीन महत्व राख्ने यस एकीकरणलाई पार्टी कमिटी र जनसंगठन तथा पार्टी समर्थक सम्पूर्ण पंक्तिमा कुशलताका साथ आत्मसाथ र रुपान्तरण गर्न एकताबद्ध भई सक्रिय रहन हामी सबै पार्टी सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं । हाम्रो एकीकरणका लागि विभिन्न किसिमले योगदान पु¥याउनु हुने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । पार्टी एकीकरणको निर्णय र मर्म अनुरुप आगामी दिनहरुमा अझ सशक्त पार्टी निर्माण र यसको वकासमा योगदान पु¥याउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछौं । 

  के.पी. शर्मा ओली                              पुष्प कमल दाहाल ‘प्रचण्ड’
 अध्यक्ष, केन्द्रीय कमिटी                             अध्यक्ष, केन्द्रीय समिति
नेपाल कम्युनिष्ट पार्टी                            नेपाल कम्युनिष्ट पार्टी 

मितिः २०७५।२।३।५

एकतासम्बन्धी समाचार 

प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी एकताको भव्य रात्रीभोज,पाँच तस्बीरमा हेर्नुहोस्

हेर्दाहेर्दै नेकपामा विलिन भए एमाले–माओवादी

एमाले–माओवादी पार्टी एकता हुँदा झलनाथ चीनमा, के गर्दैछन् ?

एमाले–माओवादी पार्टी एकता घोषणा सभामा जे देखियो (फोटोफिचर)

अब कम्युनिष्टहरुलाई ढाल्न सक्ने कोही छैनः प्रधानमन्त्री ओली

कम्युनिष्ट सत्तामा छन्, तर साथीहरु सुतली बम पड्काएर हिँडेका छन्ः प्रधानमन्त्री ओली

मैले माओवादी सिद्धियो भनेको प्रचण्डजीले मलाई पनि अब एमाले सिद्धियो भन्नुभयो’

एकता घोषणा सभामा ओलीः टेप्पो चलाएकाे हाेर ? जेट विमानमा दुई जना पाइलट हुन्छन्

नयाँ पार्टीमा अब एमाले–माओवादी खोजेर पाइन्न: प्रचण्ड

अब नयाँ युगको सुरुवात भयो, पछाडि फर्किने पुल भत्काइयोः प्रचण्ड

दुई पार्टीलाई एक बनाउन निकै ठूलो कष्ट ब्यहोर्नु पर्यो माधव नेपाल

एमाले–माओवादी एकताः कमल थापाले दिए बधाई

अब नयाँ युगको सुरुवात भयो, पछाडि फर्किने पुल भत्काइयोः प्रचण्ड

शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीमा अब के–के थपियो शक्ति ?

जनार्दनको आह्वानपछि राष्ट्रिय सभागृहमा एक मिनेट तालीको गडगडाहट

ब्यग्र प्रतिक्षाः पार्टी एकता घोषणाअघि राष्ट्रिय सभागृह खचाखच (फोटोफिचर)

ओलीले प्रचण्डलाई, प्रचण्डले ओलीलाई सपथ खुवाए

एमाले–माओवादी विघटन, ‘नेकपा’ दर्ता गर्न नेम्वाङ गुरुङ निर्वाचन आयोगमा

एमाले–माओवादी एकतापछि साना कम्युनिष्ट दल अब के गर्छन् ?

पार्टी एकीकरण हुनुभन्दा केही घण्टाअघि देखिएको ओली र प्रचण्डको चेहेरा, हेरौं सात तस्विर

एकीकृत पार्टीको महासचिवमा पौडेल, प्रवक्तामा नारायणकाजी, स्थायी कमिटी थपियो

पार्टी एकताप्रति डा. बाबुरामको टिप्पणी : एकीकरण बिडम्बनापूर्ण !

प्रचण्डले एमालेमा लगेर बिलय गराइछोडे : सीपी गजुरेल

पार्टी एकीकरण हुनुभन्दा केही घण्टाअघि देखिएको ओली र प्रचण्डको चेहेरा, हेरौं सात तस्विर

प्रचण्डले एमालेमा लगेर बिलय गराइछोडे : सीपी गजुरेल

हरेक वर्ष नेपालमा जन्मछ एउटा कम्युनिष्ट पार्टी, सात दशकको इतिहासमा यस्ता–यस्ता पार्टी जन्मिए (सूचीसहित)

एकीकृत पार्टीको मूल कार्यालय पेरिसडाँडामा, धुम्बाराहीमा प्रचण्डलाई नयाँ कुर्सी

एकीकृत पार्टीको हेडक्वार्टर नौ सदस्यीय, को–को पर्लान् ?

संयोजन समितिबाट पार्टी एकताको सहमति अनुमोदन

पार्टी एकता समतिको अन्तिम बैठक सम्पन्न

पार्टी एकता हुने भएपछि अनेरास्ववियूको  बैठक स्थगित

एमाले–माओवादी एकताबारे ऋषिराम कट्टेलको यस्तो आयो प्रतिक्रिया

पार्टी एकताको खुसीयालीमा बालुवाटारमा रोपियो विरुवा (फोटोफिचर)

बालुवाटारमा सुरु भयो एकता संयोजन समितिको बैठक

पार्टी एकतामा ब्रेकथ्रु : एकता घोषणा गृहकार्यका २४ घण्टा

ओली र प्रचण्डलाई बाबुरामको प्रश्नः बाँदरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?

एकताको पूर्वअभ्यास : मदन-आश्रितको स्मृतिमा एमाले–माओवादी सँगै (फोटो)

आज नयाँ पार्टी मात्र होइन, नेपालको भविष्य दर्ता गर्दैछौँ : प्रधानमन्त्री ओली (भिडियो)

एमाले-माओवादी एकताको, आज साँझसम्ममा घोषणा हुने

एमालेको निर्णयः एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्य, चुनाव चिन्ह सूर्य

ऐतिहासिक काम भयो : जनार्दन शर्मा

एमाले–माओवादीबीच यसरी हुँदैछ भोलि नै पार्टी एकता

एमाले र माओवादीका पार्टी एकता कार्यदल सम्बन्धी समाचार

अब नेपालमै स्मार्ट फोन र टिभी उद्योग : यस्तो छ बाम कार्यदलको औद्योगिक विकासको खाका

यस्तो छ वामकार्यदलको कृषि र सिंचाइमा आमूल परिवर्तनको खाका

वाम कार्यदलको योजना– ‘विदेशी सेनामा नेपाली भर्ना रोक्ने, नेपाल–भारत प्रवेशमा भिसा चाहिने’

यस्तो छ २ वर्षभित्र शिक्षा–स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने वाम कार्यदलको योजना

कार्यदल प्रतिबेदन : सवा ६१ खर्बको यस्तो छ वामदलको जलविद्युत सपना

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् पार्टी एकताका ५ सैद्धान्तिक आधार

एमाले–माओवादी एकतापछि यस्ता हुनेछन् एकीकृत पार्टीका मुख्य १० काम

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् एकताका ७ कारण

एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप