बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, १० जेठ २०७५, ०६ : ११
बिहीबार, १० जेठ २०७५

आजको राशिफल 

वि.स.२०७५ साल जेष्ठ १० गते । बिहिबार । ईश्वी सन् २०१८ मे २४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि दशमी ३८ घडी १९ पला,बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त एकादशी । नक्षत्र उत्तरफाल्गुनी ४२ घडी १५ पला,बेलुकी १० बजेर ०७ मिनेट उप्रान्त हस्त । योग बज्र ४५ घडि ४१ पला,रातको ११ बजेर २९ मिनेट उप्रान्त सिद्धि । करण तैतिल,बिहान ९ बजेर १७ मिनेट उप्रान्त गर,बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त वणिज । 

 

आनन्दादिमा मातंग योग । चन्द्रराशि कन्या । गोसाइँकुण्ड स्नान समाप्ति। हत्यामोचन तीर्थस्नान। रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव। गंगा दशहरा। रामेश्वर गंगापूजा। वज्रगुरु पद्मसम्भव जयन्ती। 

काठमाडौंमा सूर्योदय ५ बजेर १३ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०२ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने सहयोगिको साथ पाईने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । 

शुभ अंक — २

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुदा आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान तथा छोराछोरी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानि गरि आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ । 

शुभ अंक — २

शुभ रंग —  खरानि

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपाईको साख गिराउँन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुँन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग — खरानि

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । 

शुभ अंक — ३

शुभ रंग —  कफि 

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुँनेछ । अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा मन खिन्न हुँनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । 

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अन्तराष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बडेपनि मन खुसि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय अन्य दिन भन्दा खस्केर जानेछ भने भनेजस्तो आम्दानि नहुँदा दैनिकि प्रभावित हुँनेछ । सरकारि स्रोत साधन तथा प्राकृतिक स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिने सम्भावन रहेकोछ । माया प्रेममा  अबिस्वास बढ्नेछ भने घर परिवारमा आफन्तबिच घरायसि कुरामा विवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । 

शुभ अंक — ८

शुभ रंग  — रातो

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामको सवालमा बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नया व्यावसायमा लगानि गरि आर्थिक रुपमा सुदृड हुन सकिनेछ । नया काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको समयोगमा राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ ।

शुभ  अंक — ६

शुभ रंग — निलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । 

शुभ अंक — १

शुभ रंग — खरानि

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आउँने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु भताभुङग हुँनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुँनेछन् भने आम्दानि नहुँनाले दैनिकी प्रभावित हुँनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुँनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानि भने फस्टाएर जानेछ ।

शुभ अंक — २

शुभ रंग — खरानि

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जीवन साथिको सहयोगले नाँफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पति थता बिलाशि सामान प्राप्त हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ ।

शुभ अंक — ९

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप