सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देउवा र पौडेलकै सामु शशांकले सोधे– ‘काँग्रेसमा दुई गुट किन ?’

आइतबार, १३ जेठ २०७५, ११ : ३२
आइतबार, १३ जेठ २०७५

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वको असफलताले भन्दा पनि दुई पार्टी (एमाले र माओवादी) मिलेकाले गत निर्वाचनमा काँग्रेसले हार व्यहोर्नुपरेको प्रष्टिकरण दिएका छन् । 

आइतबार नेपाल प्रेस युनियनको २७ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले एमाले माओवादी नमिलेको भए काँग्रेसले यस्तो हार ब्यहोर्नुपर्ने अवस्था नआउने दावी गरे । 

उनले काँग्रेसले सात सालदेखि प्रेस स्वतन्त्रताको सम्मान गर्दै आएको भन्दै प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको सम्मान र त्यसप्रति प्रतिबद्धता भएमात्रै प्रजातन्त्र फस्टाउन सक्ने मान्यता बोक्ने पार्टी भएको दावी गरे ।

‘काँग्रेस प्रेस स्वतन्त्रताप्रति २००७ सालदेखि नै प्रतिबद्ध छ, दायाँबायाँ गर्दैन’ देउवाले सम्बोधनका क्रममा भने । 

कार्यक्रममा काँग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी भित्र बढ्दै गएको गुट उपगुटको श्रृङखला अन्त्य गर्नुपर्ने बताए ।

‘दुईवटा पार्टी एमाले र माओवादी त एक भए भने हाम्रो पार्टीका दुई गुट दुईतिर किन भइरहने ?’ महामन्त्री कोइरालाले देउवा र रामचन्द्र पौडेलतर्फ हेर्दै प्रश्न गरे ।

उनले दुई गुट अन्त्य नभएसम्म पार्टी अघि बढ्नै नसक्ने भन्दै गुट अन्त्य गर्न र काँग्रेस पार्टी बनाउनतर्फ लाग्नुपर्ने बताए ।

‘अब हामी १४ औ महाधिवेसनको तयारीमा छौ, तर, काँग्रेसको संगठन बलियो बनाउनेतर्फ कसैको ध्यान गएको छैन, संगठन बनाउन कसले ध्यान दिने ?,’ कोइरालाको भनाई थियो ।

केपी ओलीले कांग्रेसलाई ‘सहयोगी’ भन्दा सिटौलाको आपत्ति, भेटेरै सोधे, ‘तपाईँले के भन्न खोज्नुभएको ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप