प्रधानमन्त्रीको दुखेसो : पानीजहाजको कुरा गर्दा बाल्टीमा कागज हाले !
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्यमा केन्द्रीत भएर सरकारले नीति तथा कार्यक्रम ल्याएकाले कार्यक्रम केही महत्वकांक्षी हुनु स्वभाविक भएको बताएका छन् ।
गत सात गते संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा छलफलका क्रममा संसदहरुले उठाएको प्रश्नको आइतबार प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई धनी बनाउने हिसाबले नीति तथा कार्यक्रम ल्याएको बताएका हुन् ।
‘नेपाल र नेपाली जनतालाई सम्बृद्ध बनाउने उदेश्यले सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । कुनै नेपालीले खान, लाउन बस्न, उपचार गर्न पाइन भन्नु नपरोस्, भुगोल भाषा र आस्थाका हिसाबले म पछि परेँ भन्ने अवस्था नहोस्, न्याय समानताबाट बन्चित हुनुनपरोस्, अधिकार प्रयोग गर्न पाइनँ भन्ने अवस्था नहोस् भन्ने उद्देश्यले नीति तथा कार्यक्रम ल्याइएको हो’ प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा भने ।
नीति तथ कार्यक्रम काम गर्न सक्ने हिसावले ल्याएको भन्दै यसले तीव्र विकास र परिवर्तनको आकांक्षा बोकको दावी गरे । ‘असम्भव महत्वकाक्षा बोकेको होइन, बोक्दैन । सम्भव हुने र सम्भव बनाउन सक्ने र सकिन गरि ल्याएको हो ’ प्रधानमन्त्रीले भने, ‘सम्बृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा केन्द्रीत छ । यो सानो आकांक्षा होइन, राष्ट्रिय आकांक्षा र आवश्यकता हो । यो आकाक्षा पुरा गर्न हामी अघि बढ्नुपर्छ भनेर भनेको छ । उद्देश्य राखेको मात्रै होइन, उद्देश्य प्राप्तिको लक्ष्य पनि नीति तथा कार्यक्रमले राखेको छ’, ओलीले भने ।
याे पनि छुट्याे कि !
संसदमा प्रधानमन्त्रीको जवाफ : सुनको घर बनाउँछु भनेको छैन
देश र जनताका निम्ती सुरक्षा, सम्मान, विकास र यसबाट जनतामा सम्बृद्धि र सुख प्राप्त गर्न राजनीतिक क्षेत्रमा लोकतान्त्रिक प्रणाली अपनाउदै सरकार अघि बढेको प्रधानमन्त्रीले बताए ।
उनले भने, ‘नयाँ उद्योग खोल्ने, व्यापार खोल्ने नीति सुशासन बिना अघि जान सकिँदैन । त्यसका लागि भ्रष्टचार नियन्त्रणमा कार्यक्रममा प्रश्ट भनिएको छ । विकासको पुर्वाधारका रुपमा आवश्यक बाटो निर्माण गरिन्छ, यो बास्तविकता र यर्थाथ हो ।’
पानीजहाजको कुरा गर्दा बाल्टीमा कागज हाले !
पानी जहाजको कुरा गर्दा बाल्टीमा कतिले कागज हालेको स्मरण गर्दै ओलीले पानी जहाज नयाँ र नौलो कुरा नभएको दावी गरे ।
उनले नयाँ कुरा बुझ्नलाई समय लाग्ने बताए । पानी जहाज मजाक गर्ने कुरो नभएको भन्दै यसलाई उडाइएकोमा ओलीले गुनासो समेत गरे । नेपाल भन्दा दुर्गम देशले सयौं पानीजहाज चलाएको उदाहरण दिँदै उनले यो विषयलाई नउडाउन आग्रह गरे ।
उनले पूर्व पश्चिम र उत्तरदक्षिण रेल नेपालमा कुदेरै छोड्ने भन्दै त्यसका लागि सम्झौता भएको बताए ।
उनले ५ बर्षभित्र काठमाडौ–रक्सौल रेलका लागि सम्झौता भएर सर्भे भइरहेको पनि बताए । तीन बर्षभित्र काठमाडौमा मेट्रो चलेरै छोड्ने उनले बताए ।
लोडसेडिङका लागि विद्युत उत्पादनमा समेत नीति तथा कार्यक्रममा योजनामा राखिएको उनले बताए । विद्युत, उत्पादन हाइड्रो र बैकल्पिक उर्जालाई प्रयोग गरेर अघि बढ्ने नीति लिएको ओलीले बताए ।
समाज विविधतायुक्त भएको भन्दै प्रम ओलीले भौगोलिक कारणले जटिलता भएपनि समस्याको समाधान गर्ने बताए । उनले तराइमा नागरिकता लगायतका समस्या रहेको भन्दै त्यो समस्या समाधान गर्ने बताए ।
संविधान संशोधन हुन्छ
प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सकिने बताए । उनले भने, ‘यो अपरिर्वतनीय होइन । संशोधन आवाश्यकताअनुसार, देश र जनताले मागे अनुसार संसोधन र निर्माण हुन्छ । हुनै सक्दैन भनेर धेरै चर्चा भयो । तर विश्वास गर्नुस् संविधान संसोधन हुन्छ ।’
देशलाई अगाडि बढाउन औचित्य र आवश्यकताका आधारमा आफू अघि बढ्न तयार रहेको उनले बताए ।
‘यस्तो विषय छलफलमा बसेर गर्ने हो चर्चा गर्ने होइन, समस्या निकाल्ने होइन, समाधान गर्ने हो’ उनले भने ।
सामाजिक न्याय र समानताका आधारमा अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए । कतिपय कानुन बन्ने क्रममा रहेकाले त्यो क्रम पनि अव छिटो अघि बढाइने बताए । बैमनश्यता भन्दा पनि पारस्पारिक सहिष्णुता र सहअस्तित्वका आधारमा सरकार अघि बढ्न चाहेको प्रधानमन्त्री ओलीको भनाई छ । ७५३ वटा स्थानीय निकाय नेपाल सरकारकै भएको भन्दै नीतिहरु छुट्टै नभएको बताए ।
भारतसँगको सम्बन्धमा उपलव्धि
आन्तरिक मामिलामा निर्णय गर्न सरकार आफै स्वतन्त्र भएको भन्दै त्यसवारे कुरा गर्दा चित्त दुखाउनु आश्चार्यजनक भएको भन्दै प्रधानमनत्रीले एकताबद्ध भएर अव अघि बढ्नुपर्ने बेला आएको बताए । एकअर्काप्रति सहयोगी भावना भएमात्रै एकता र राष्ट्रियता बलियो हुने हिसावको उद्देश्य नीति तथा कार्यक्रमले बोकेको बताए ।
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नाकावन्दी भएको वेलाको स्मरण गर्दै आज गौरवपूर्ण ढंगले सार्वभौम छिमेक सम्बन्धमा असाधारण सुधार आएको बताए ।
विराटनगरबाट भारतीय क्याम्प हटाएको भन्दै उनले भारतसँग बाँधबारे कुरा भइरहेकोले तत्काल संयुक्त टोलीले स्थलगत अनुगमन गर्ने बताए ।
आफ्नो भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हेर्दा पनि सम्बन्ध कस्तो छ भन्ने बुझ्न सकिने प्रम ओलीले बताए । १९५० को सन्धी समाधान गर्न निश्कर्षको अन्त्यमा पुगिएको पनि ओलीले बताए । सन्तुलित परराष्ट्र नीतिमा सरकार प्रतिवद्ध भएको भन्दै उनले त्यसमा आपत्ति जनाउनुपर्ने नभएको बताए ।
पर्यटन विकास
पर्यटन विकास गर्न प्राकृतिक, सांस्कृतिक लगायत थुप्रै विषयमा समझादारी गरेर पर्यटन विकास गर्ने दिशामा सरकारको ध्यान गएको बताए । उनले लुम्बिनी, जनकपुर, मुक्तिनाथ लगायतलाई समेटेर पर्यटन विकास गर्न सकिने बताए ।
सरकारको सय दिन भर्खर भएको भन्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षले सय दिन पूरा गर्न दिदैनौं भनेर दिएको खवरदारीलाई धन्यवाद दिए ।
सिण्डीकेट तोड्नु सरकारको उपलव्धि भन्दै उनले हवाई क्षेत्रमा समेत २१ घण्टा त्रिवि विमानस्थल सुचारु गरेर राम्रो कामको सुरुवात भएको बताए । उनले काठमाडौको धुलो नियन्त्रणमा पनि सुधार आएको दावी गरे । स्वच्छ हावामा सास फेर्न पाउने मानिसको अधिकार केही बर्षमै ग्यारेन्टी गर्ने सरकारको तयारी भएको बताए ।
धरहरा जस्ताको तस्तै
दुई वर्ष अघि आफूले शिल्यान्यास गरेको धरहरा जस्ताको तस्तै र रानीपोखरी सुकेको भन्दै प्रधानमन्त्री ओलीले तीन बर्षमा नभएको काम तीन महिनामा किन नभएको भनेर प्रश्न गर्नेहरुलाई धन्यवाद दिन चाहेको पनि बताए । उनले लोकतन्त्रमा सरकार शासक नभएर सेवक र रक्षक भएको बताए । ‘जनताका पिरमार्का हटाउन ध्यान दिने, कठिनाइ हटाउने काम सरकारका हुन् । यो सरकारले अवसर, सुरक्षाको ग्यारेन्टी गर्छ ,’ प्रधानमन्त्रीले बताए ।
याे पनि छुट्याे कि : राष्ट्रपतिलाई विवादमा नल्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमत्रीले त्रिवि भन्सार बाहेक अन्य रुटमा भइरहेको सुन तस्करी र कालोबजारीबारे छानवीन खोजी भइरहेको पनि बताए ।
‘भ्रष्टचारउन्मुलन र नियन्त्रण, वैदेशिक रोजगारीमा रहेका विकृतिको अन्त्य गर्ने सरकारको लक्ष्य छ । कर्मचारी वा कुनैपनि प्रशासनिक संयन्त्र ठिक ढंगले परिचालन गरिन्छ । यी काम गर्न नीति तथा कार्यक्रमले लक्ष्य लिएको छ ’ प्रधानमन्त्रीको भनाई छ ।
सरकारले खान नपाएर कोही कसैलाई मर्न नदिने भन्दै प्रधानमन्त्री ओलीले दाङमा भएको झाडापखाला नियन्त्रणका लागि सरकार लागिपरेको पनि बताए ।
आर्थिक बृद्धिदर ५.५९ प्रतिशत पुर्याउने सरकारको लक्ष्य
नीति तथा कार्यक्रम बहुमतले पारित