आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड बजेट : सुत्केरी भत्ता दोब्बर, २ वर्ष भित्र सबै वडाहरुमा स्वास्थ्य संस्था

मङ्गलबार, १५ जेठ २०७५, १७ : १२
मङ्गलबार, १५ जेठ २०७५

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ५७ लाख बजेट बिनियोजन जानकारी गराएका छन् ।

यस अन्तरगत सरकारले सुत्केरी भत्ता दोब्बर बनाउने भएको छ । 

अबको २ वर्षभित्र सबै वडाहरुमा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गरिने पनि खतिवडाले जानकारी दिए ।

पहिलो चरणमा देशभरका १२ सय वडाहरुमा स्वास्थ्य संस्था निर्माण गर्न ४ अर्ब अनुदान उपलब्ध गराउने भएको छ ।

सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निरन्तर उपलब्ध हुने व्यवस्था गरिने जनाएको छ ।

वीर अस्पतालको गुरु योजना अनुसार निर्माण कार्य प्रारम्भ गरिने, आधुनिक स्वास्थ्य प्रयोगशाला, मिर्गाैला उपचार केन्द्र काठमाडौँमा स्थापना गरिने सरकारको योजना रहेको छ ।

तराई क्षेत्रमा थारु समुदायमा देखिएको सिकलसेल एनिमियाको अनुसन्धान र पहिचान गरी उपचारको व्यवस्था गरिने खतिवाडले बताए ।

सबै स्थानिय तहमा कम्तीमा एक चिकित्सककोे सेवा सुनिश्चित गरिने, औषधि उत्पादनमा क्षमता बिस्तार गर्ने, १ सय शैय्या भन्दा बढी क्षमताको अस्पतालमा जेष्ठ नागरिक वार्ड अनिवार्य स्थापना गरिने कुरा पनि बजेटमा उल्लेख गरिउको छ ।

निजि क्षेत्रका मेडिकलकलेजहरुको सहकार्यमा दुर्गम क्षेत्रमा विशेषज्ञ सहितको घुम्ती अस्पताल सेवा संचालन गरिनेछ भने सात वाटै प्रदेशमा एक÷एक वटा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान रहने गरी थप संस्था खोल्ने प्रकिया अगाडी बढाइने अर्थमन्त्रीले जनाएका छन् । 

स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बधी एकिकृत ऐन ल्याईने र ध्यान र योगको माध्यमलाई बिकास गर्नको लागि नागरिक अरोग्य कार्यक्रमको विकास गर्ने बजेटमा उल्लेख छ ।

यता, आयूर्वेदीक औषधि अनुसन्धानको बिकास गर्न र आयूर्वेद शिक्षाको बिकास गर्न आयूर्वेद विश्व विद्यालय स्थापना गर्न १० करोड रकम बिनियोजना गरिएको छ ।

सबै सार्वजनि स्थल र सवारी साधनमा धुम्रपान तथा मदिरा सेवन निषेध गरिने कार्यक्रमलाई निरन्तर्ता दिईन र मदिरा र सुर्ति जन्य पदार्थको उत्पादन आयत लाई कार्यविधि बनाएर ब्यवस्थापन गरिने पनि अथमन्त्री खतीवडाले जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप