सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सम्वन्धविच्छेदको एक महिना नपुग्दै पुरानै श्रीमान चाहियो

बुधबार, १६ जेठ २०७५, १० : ३३
बुधबार, १६ जेठ २०७५

गुल्मी । गुल्मीकी एक महिलाले अघिल्लो महिना श्रीमानको ज्यादती सहन नसकेको भन्दै जिल्ला अदालत गुल्मीमार्फत सम्वन्ध विच्छेद गरिन् ।

सम्बन्ध विच्छेद गरेको एक महिना नपुग्दै उनै महिलाले श्रीमानसँग पुनः नाता कायम गरी पाउँ भनि फिराद जाहेरी दिएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद वस्यालले जानकारी दिए ।

उनका अनुसार वालवालिकामा नकरात्मक असर नपरोस भनि उनीहरुको नाम श्रीमान श्रीमतिको नाम गोप्य राखिएको छ । श्रेस्तेदार बस्यालले भने ‘प्रवेशिका परिक्षा दिएका एक छोरासहित उनी दुई सन्तानकी आमा हुन् ।’

बस्यालले परिवारले सम्वन्ध विच्छेद नगर भनेर निकै सम्झाएपनि ति महिलाले त्यसवेला नमानेको तर, अहिले एक महिना नपुग्दै पुनः उनै श्रीमानसँग नाता कायम गरी पाउँ भनेर फिराद दिएको जनाए । 

बैशाख ७ गते उनीहरुविच सम्वन्ध विच्छेद भएको थियो भने जेठ ११ गते उनै महिलाले नाता कायम गरी पाउँ भनि फिराद दिएको अदालत प्रशासन तथा रजिष्टेशन शाखा प्रमुख नासु. सिता घिमिरेले जानकारी दिईन् ।

अन्दाजी ३५ वर्षिया ति महिलाले पढेलेखेकै महिला हुन् ।

श्रेस्तेदार बस्याल भन्छन् ‘अंश नलिई सम्वन्ध विच्छेद गरिदैन भनेर हामीले अर्को मुद्धा लेख्न लगायौं, उनका श्रीमानले सम्वन्ध विच्छेद नगर, घर जाउँ भनेर धेरै पटक कर  गरे । छोराहरुले पनि हात जोडे । अन्ततः विना पैसा सम्वन्ध विच्छेद गरेकी थिइन् ।’

सम्वन्ध विच्छेद नगर्न सम्झाउनेहरु मध्येकी एक अधिकारकर्मीले भनिन्–‘ महिलालाई अधिकार अलि बढि नै भएको हो कि भन्ने महशुस पनि गरेका छौँ । आफु खुशी अन्यत्रै गएर आत्मानिर्भर पनि हुन पाउनुपर्छ भन्ने र फेरी उता तालमेल निमलेपछि उही श्रीमानसँग नाता कायम गरी पाउँ भन्नु महिलालाई प्राप्त अधिकार आफुखुशी प्रयोग गर्न खोज्नु हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप