बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, १७ जेठ २०७५, ०६ : ०३
बिहीबार, १७ जेठ २०७५

आजको राशिफल

वि.स.२०७५ साल जेष्ठ १७ गते । बिहिबार । ईश्वी सन् २०१८ मे ३१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण पक्ष । तिथि द्धितिया ४२ घडी २३ पला,बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त तृतिया । नक्षत्र मूल ५९ घडी ३८ पला । 

योग साध्य ३१ घडि ३२ पला,बेलुकी ५ बजेर ४७ मिनेट उप्रान्त शुभ । करण तैतिल,बिहान ९ बजेर १७ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धूम्र योग । चन्द्रराशि धनु । 

काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी १६ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । बिशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । खोज तथा अनुशन्धानका समय लगासन गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यत बढेर जानेछ ।

शुभ अंक — २

शुभ रंग — कफि

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफन्त तथा दिदि बहिनी बिच सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । 

शुभ अंक — ५

शुभ रंग —  खरानि

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पर्यटन सम्बन्धि ब्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।  

शुभ अंक — ५

शुभ रंग — खरानि

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन जानेछ भने सफल हुँने सुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानिबाट प्रशस्त आम्दानि हुँनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसायमा लगानि गर्न नसकिने तथा आम्दानि कम हुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाई लेखाई तथा यस्तै क्रियाकलापमा राम्रो मेहनेत गरे मात्र परिणाम तपाईकै पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फाईदा हुने योग रहेकोछ । कृषि,सहकारि तथा पशुपालन व्यावासयमाबाट भने आम्दानि केहि मात्रामा बढाउन सकिनेछ । 

शुभ अंक — ७

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाईने हुँदा मन प्रशन्न हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानिका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउँन चाहानेहरुका लागि समय राम्रो रहेकोछ । पढाई लेखाईमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुँने योग रहेकोछ । दैनिक जविनलाई सहज हुँने छोटो तथा रमाईलो यात्रा हुँनेछ । धर्म कर्ममा मन जाने हुँनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग — खरानि

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिष्पर्धिहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग  — कफि

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

शुभ  अंक — ६

शुभ रंग — सुन्तला

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ ।

शुभ अंक — १

शुभ रंग — खरानि

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानिका नयाँ नयाँ स्रोत फेला पर्नेछन् भने थोरै समय दिदा पनि व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुँनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ७

शुभ रंग — हरियो

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नया शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — सुन्तला

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप