सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा ‘वानप्लस ६’, स्पिड फोनमा नम्बर वान

आइतबार, २० जेठ २०७५, १२ : ३४
आइतबार, २० जेठ २०७५

काठमाडौं । वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’ सार्वजनिक गरेको छ ।

नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गरेको जनाएकोे छ । वानप्लस ६ मा प्रयोग भएको मूख्य हार्डवयर र सफ्टवयरको उत्कृष्ट कम्बिनेशनले यसलाई वान प्लस फ्यामेलीको उत्कृष्ट फोन बनाएको कम्पनीको दावी छ ।

उच्च रिजोल्यूशन, १९ः९ नोचटच डिस्प्ले, कम उज्यालोमा उत्कृष्ट फोटो खिच्ने क्यामेरा र न्युमोरस न्याँ सफ्टवयर फिचर यो फोनमा रहेको छ । वानप्लसले यस वानप्लस ६ लाई २ मोडलमा ६४ जीबी र २५६ जीबी बजारमा ल्याएको हो । एनसेलका ग्राहकहरुको लागि हरेक  हप्ता १००० एम .बि  प्रोमोस्नल डाटा प्याक प्रत्येक १२ हप्तासम्मको  लागि प्रगोय  गर्न सकिने छ । 

आइहब प्रालिले ल्याएको वानप्लसका फोनहरु नेपाली बजारमा पाईने अन्य फोनभन्दा सबैभन्दा फास्ट मोवाइल फोन भएको प्रालिका मार्केटिङ्ग म्यानेजर धिरेन्द्र कुशवाहले बताए ।साथै यो वानप्लस ६ फोन खरिद गर्न चाहने ग्राहकले नेपालभर फाइनान्स सुबिधा समेत पाउने कम्पनीले जनाएको छ ।

हाईरेजुलेशन डियुल क्यामेरा जडान भएको यस फोनमा ड्यास चार्ज, वानप्लसको आफ्नै चार्जिङ टेक्नोलोजिमा तयार पारिएको छ । क्वालकम स्न्यापड्रागन ८४५ प्लेटफर्ममा आधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको छ । जसले फोनको सहज यूजर एक्सपेरियन्स न्यूनशक्ति दिन्छ ।

वानप्लस ६ विभिन्न देशभरीका रिटेल स्टोरहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ । साथै ६४ जीबीको मूल्य ७०,९९९ छ भने १२८ जीबीको मूल्य ९१,००० रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप