बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रकाशकीय : हाम्रो प्रतिबद्धता

आइतबार, २७ जेठ २०७५, ०९ : ११
आइतबार, २७ जेठ २०७५

डिस्कवरी न्यूज नेटवर्कद्वारा सञ्चालित रातोपाटी अनलाइनले आजबाट पाँचौ वर्ष पूरा गरेको छ । पाँचौ वार्षिकोत्सवको यस उपलक्ष्यमा रातोपाटी अनलाइनलाई आफ्नो दैनिकीसँग जोड्ने सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार प्रकट गर्दर्छौँ । हाम्रो अनलाइनप्रति आदरणीय पाठकले देखाउनुभएको स्नेह, सद्भाव र विश्वासले हामीलाई निकै उत्साही बनाएको छ । साथै भविष्यका लागि विगतका कमीकमजोरी हटाउँदै थप उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्न दिशा–निर्देश गरेको छ ।

हामीले विगत पाँच बर्ष विभिन्न कालखण्डका राजनीतिक क्रान्तिका उपलब्धीलाई संस्थागत गर्ने देशको मूल कार्यभारलाई पूरा गर्ने गरी खर्चिर्यौँ । संविधानसभाबाट संविधान निर्माण, विभिन्न तहको चुनाव, स्थानीय तहदेखि केन्द्रसम्मका सरकार गठनसम्म आउँदा राजनीतिक उपलब्धी संस्थागत भएका छन् । देश राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । र, अब सिङ्गो देशको कार्यभार बदलिएको छ ।

सुशासन, विकास र समृद्धि अब देशका मुख्य कार्यभार हुन् । यद्यपी केही राजनीतिक असन्तुष्टि अझै छन्, त्यसको सम्बोधनमा पनि ध्यान दिन आवश्यक छ । सुशासन, विकास र समृद्धिको मूल कार्यभारबाट मिडिया उद्योग पनि टाढा रहन सक्दैन । पाँचौ वर्षको यो अवसरमा हामी प्रतिबद्धता जनाउन चाहन्छौँ कि–सुशासन, विकास र समृद्धिका लागि हामीले चौँथो अंगका रुपमा निभाउनुपर्ने आफ्नो भूमिका इमान्दारीपूवर्क पूरा गर्ने कोशिष गर्नेर्छौँ । हुनेखानेहरुका लागि देशमा समृद्धि पहिलादेखि नै आएको हो । हामी आधारभूत जीवन पनि जिउन नसकेका आम जनताको समृद्धिको पक्षमा निरन्तर उभिने छौँ । यसका लागि सिंहदरवार र शक्तिमा रहेकाहरु माथि सधै रचनात्मक दबाब बनाइराख्ने छौँ । हरेक तहका ‘सिंहदरवार’लाई पारदर्शी र जनउत्तरदायी बनाउन हामी जस्तोसुकै भूमिका पनि निर्वाह गर्नेर्छौँ ।

कसैसँग पनि लिखित वा अलिखित अनुबन्धित भएर काम गर्नुपर्ने बाध्यता हामीसँग छैन । कसैका बनिबनाउन एजेन्डालाई पस्कनुपर्ने हाम्रो नीति छैन । सत्ता र शक्तिमा रहेकामाथि निरन्तर प्रश्न उठाउने र जनताको तर्फबाट वकालत गर्ने काममा हामी दत्तचिक्त भएर लाग्ने छौँ । जनताका आकांक्षा र अपेक्षा पूरा गर्ने पूर्ववत प्रतिबद्धताबाट भाग्ने राजनीति दलमाथि हाम्रो खबरदारी रहनेछ । विकास, समृद्धि र सुशासनलाई अब जनताको जीवनपद्धति बनाउन अनलाइनको माध्यमबाट निभाउनुपर्ने भूमिकामा हामीले कत्ति पनि कन्जुस्याइँ गर्ने छैनौँ । इमानदार ढंगले प्रस्तुत नहुने समस्या राजनीतिक नेतृत्वमा विगतमा देखियो । अब मिडिया उद्योगको नाताले हामी त्यस्तो सुविधा नेतृत्वपक्षलाई दिनुहुन्न भन्ने पक्षमा रहने छौँ । विकासका कार्यसूचीमा देखिने राजनीतिक उदासीनताप्रति अब हाम्रो शुन्य सहनशीलता रहनेछ । सुशासन र पारदर्शीतामाथि खेलवाड गर्नेलाई हामी जनताकहाँ अगाडि उभाउने छौँ । र, मूलत जनताको संघर्षद्वारा प्राप्त समाजवाद–उन्मुख लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिसहितको संविधानको मर्मअनुसार देशलाई अगाडि बढाउन नेतृत्वपंक्तिलाई खबरदारी गर्नेर्छौँ ।

र, अन्तमा फेरि एकपटक सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीबाट स्नेह, सद्भाव र विश्वासको अपेक्षा गर्छौँ । र, जन–उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिताका लागि प्रतिबद्धता जनाउछौँ ।

विजया शर्मा
अध्यक्ष, डिस्कवरी न्यूज नेटवर्क

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप