मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

घरमै ग्लुकोज टेस्ट गर्न मिल्ने ओटो फोन्सको ओटो चेकर मोबाइल बजारमा

बुधबार, २८ असार २०७४, १८ : ३४
बुधबार, २८ असार २०७४

काठमाडौं– जेपीएल कम्पनीको आटो फोन्सले नेपाली बजारमा फरक विषेशता भएको ओटो चेकर मोवाइल फोन सार्वजनिक गरेको छ । कम्पनीले उत्कृष्ठ श्रेणीको विषेशतासहित यो मोवाइल बुधबार नेपाली बजारमा ल्याएको हो ।  

ओटो चेक ओटो फोन अन्र्तगतको यस्तो नयाँ विषेशता बोकेको मोवाइल फोन हो, जसवाट मानिसको शरिरमा भएको ग्लुकोजको मात्रा पत्ता लगाउन सकिन्छ । बायोल्याण्ड टेक्नोलोजीद्वारा समिश्रण गरिएको र यसमा रहेको विशेष डिजाइनमा वनेको ग्लुको मिटले ग्लुकोजको मात्रा नाप्न सम्भव रहेको हो । 

संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि संघद्वारा प्रमाणित यो यन्त्र बायोल्याण्डद्वारा निर्मित उपविशेष किट ओटो चेकरमा उपलव्ध छ । यसमा ल्यान्सिङ यन्त्र, ल्यान्सेन्ट, ग्लुकोज टेस्ट स्ट्राइप तथा प्रयोग गर्ने विधीको वारेमा समेत जानकारी दिइएको कम्पनीले जनाएको छ । 

यसका साथै यो मोवाइल सेटमा जडित पेडामिटले पैदलयात्रा गर्दा कति दुरी पार गरिएको छ भन्ने समेत जानकारी लिन मिल्ने कम्पनीले जनाएको छ । यसमा फेसवुक चलाउने उपभोक्तालाई लक्षित गरेर फेसवुक एप्लिकेशन राखिएको छ भने रेडियो, अन्य थप डेडिकेटेड पनि यसमा राखिएको कम्पनीले जनाएको छ ।

यो फोन तीन विभिन्न कलरमा उपलव्ध रहेको र यसको मुल्य ३ हजार ४ सय ९६ रुपैयाँ रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप