मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राजपालाई निर्वाचन आयुक्तको प्रश्नः कसरी बहुराष्ट्रिय देश हुनसक्छ ? (भिडियोसहित)

बुधबार, २८ असार २०७४, १९ : २५
बुधबार, २८ असार २०७४

प्रमुख आयुक्तलाई खबरै नगरी फेरि निर्वाचन आयोग पुग्यो राजपा  

काठमाडौं– निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेको राष्ट्रिय जनता पार्टी नेपाल फेरि निर्वाचन आयोग पुगेको छ । बुधबार अपराह्न ५ बजे दल दर्ताका लागि आवश्यक कागजपत्रसहित  रापपाका नेताहरु आयोग पुगेका थिए । आयोगको हलमा झन्डै १० मिनेट उनीहरुले प्रमुख आयुक्त यादवलाई पर्खिए । 

प्रमुख आयुक्त अयोधीप्रसाद यादव आफूलाई खबर नै नगरी आउनुभएछ मैले त भर्खर थाहा पाएँ भन्दै हलभित्र प्रवेश गरे । 

प्रदेश र संघको चुनावका लागि मतदाता नामावली संकलन कार्य शुरु गर्न लागेकोबारे बुधबार दलका नेताहरुसँग छलफल गरेको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले राजपाका नेताहरु किन नआएको भनेर प्रश्न गरे । राजपाका नेता राजेन्द्र महतोले चुनावमा भाग लिनेबारे अझै निश्चित नभएकोले किन आउनुप¥यो भन्दै प्रतिप्रश्न गरे । 

यसअघि असार २३ गते दल दर्ताका लागि राजपाका नेताहरु निर्वाचन आयोग पुगेका थिए । असार २५ गते निर्वाचन आयोगले आवश्यक कागजपत्र नपुगेको र विधानमा नेपाल बहुराष्ट्रिय देश भएको उल्लेख गरेको भन्दै आवश्यक कागजपत्र ल्याउन संविधानमा नभएको बहुराष्ट्रिय देश शब्द हटाउन आग्रह गर्दै पत्र पठाएको थियो । 

आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले आयोगले पत्र पठाइसकेपछि पनि किन विधानबाट नेपाल बहुराष्ट्रिय देश भन्ने शब्द नहटाएको, नेपाल एकमात्र देश रहेकोले कसरी बहुराष्ट्रिय देश हुनसक्छ भन्दै प्रश्न गरे ।  

राजपाका अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले कागजपत्र सबै जम्मा गरिहेको बताँउदै केही कमीकमजोरी रहेको र पछि त्यसलाई सच्याँउने बताए । उनले नेपाल बहुराष्ट्रिय देश भन्ने शब्द परिवर्तनका लागि बैठकले निर्णय गर्नुपर्ने भन्दै पार्टीभित्र छलफल गर्दा समय लाग्ने भएकोले पछि परिमार्जन गर्ने आश्वासन दिए । 
राजपाका नेताहरुले यसअघि पार्टी दर्ताका क्रममा नपुगेको कागजपत्र केन्द्रीय कार्यसमितिको नामावली, पार्टीका कार्यसमितिका सदस्यहरुको नागरिकताको प्रतिलिपी लगायतका अन्य कागजपत्र पेश गरेका थिए । 

राजपाले दल दर्ताका लागि बुझाएको काजगपत्र  रुजु गरेर केही कागजपत्र आवश्यक परे पुन खबर गर्ने, सबै प्रक्रिया पूरा भएको भए दल दर्ता हुने आयोगले बताएको छ । दल दर्ताका लागि राजपा अध्यक्ष मण्डलका महन्त ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादवसहित नेताहरु बृषेशचन्द्र लाल, रामनरेश यादव, जितेन्द्र सोनल, रानी शर्मा तिवारी, सुरिता साह लगायतका नेताहरु आयोग पुगेका थिए । 

भिडियोमा हेर्नुहोस्, राजपासँग रमाइलो कुराकानी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप