सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभावः मनोज बचाउ अभियानको दुई दुई सातामा ५ लाख संकलन

बिहीबार, ३१ जेठ २०७५, १२ : १७
बिहीबार, ३१ जेठ २०७५

गुल्मी ।   दुवै मृगौला फेल भई   रातोपाटीमार्फत सवैसँग सहयोगको  अपिल गरेका रेसुङ्गा नगरपालिका–२, वाँझी पोखराका मनोज बिकका लागि दुई हप्तामै झण्डै ५ लाख  रकम संकलन भएको छ । 
मनोज बचाउ अभियानका क्रममा स्वदेश र विदेश गरी उक्त रकम संकलन भएको हो ।

 अभियानका संयोजक तथा रेसुङ्गा नगरपालिकाका वडाध्यक्ष उदयबहादुर थापाले बिहीबार एक समारोहका विच ३ लाख ६ हजार रुपैयाँ मनोजका आफन्त देवबहादुर बिकलाई हस्तान्तरण गरेका छन् ।

 त्यस्तै युएई दुवईमा कार्यरत  रुरु–२, ग्वादीका वावुराम गोतामे सुनार , सोही वडा वलेटक्सार घर भई नाईजेरियामा रहेका गोपाल विसी र वलेटक्सार घर भई काठमाडौमा कार्यरत यमबहादुर बिकले  सामाजिक संञ्जाल मार्फत विश्वभर छेडेको  मनोज बचाउ अभियानले  एक हप्ता मै १ लाख ५१ हजार  २ सय ७९ रुपैयाँ संकलन गरेको  जानकारी दिएका छन् ।

 यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष थापा सहित त्यहाँका जनप्रतिनिधीले वडास्तरमा मनोज बचाउ अभियान चलाउँदा ७५ हजार भन्दा बढि  रकम उठाउन सफल भएका छन् ।

 मनोजकी आमा मैयाँ बिकको दुवै मृगौला फेल भएको उनको भन्दा पहिल्लै हो ।  आमाको मृगौला फेर्न सकिन्छ कि भनेर २ लाख ऋण काढेर विदेश पुगेका मनोज आफ्नै  मृगौला फेल भई गएको १० महिना मै विदेशबाट फर्किनु परेको थियो ।

‘मलाई बचाउन भन्दै विदेश पुगेको छोरा कै मृगौला फेल भई जिवन मरणको दोसाँधमा प¥यो भने अव म  बरु मरुँला मेरो छोरा बचाई दिए सवैको जयजय हुने थियो’ उनकी आमा मैयाँको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप