सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुन कोठामा ‘सुहागरात’ मनाए, अर्कोदिन त्यहीँ नै भेटियो बेहुलाको शव

शुक्रबार, ०१ असार २०७५, १७ : ४८
शुक्रबार, ०१ असार २०७५

रुपन्देही । रुपन्देहीमा केही दिन अघि भएको एउटा विवाहको दुःखद अन्त्य भएको छ । 

विवाह पनि जर्बजस्ती गरेको भनेर प्रश्न उठेको थियो । 

त्यहीँ प्रश्नका बीच बेहुलाको रहस्यमय मृत्यु भएको छ ।

प्रहरीले पनि यो विषयमा छानविन थालेको छ । 

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर–७ अमुवा हिरागञ्जका ३२ वर्षिय कर्णबहादुर बुढाथोकीलाई स्थानीय अन्दाजी ३२ वर्षिया रुकमणी खवाससँग प्रेम रहेको भन्दै उनको समुदायले जेठ २४ गते  विवाह गराएका थिए । त्यस विवाहलाई बुढाथोकी परिवारले जर्बजस्ती भनेका छन् ।

बुढाथोकीका आफन्तका अनुसार विवाह नभए ज्यान मार्ने सम्मको धम्की आएको बुढाथोकीका आफन्त नैनबहादुर लोकचनले बताए । ‘केटा र उनका परिवारले उनलाई विवाह गर्नै  मानेका थिएनन’ उनले भने, ‘केटी पक्षको ठूलो जमात आयो । ज्यान मार्नेम्मको धम्की दिए । पछि विवाह गर्न बाध्य भए ।’ 

विवाह भयो । 

त्यसपछि बेहुला घरमा बस्न मानेनन् । बुटवलको दोस्ती रेष्टुरेन्ट एण्ड लजमा आए । 

बेहुला–बेहुली दुवै जना बस्न गएका थिए त्यसरात । 

त्यस लजका सञ्चालक किरण पाण्डेका अनुसार उनीहरु साँझ ६ बजे तिर पुगेका थिए । 

त्यसपछि उनीहरुले १०८ नम्वर रुम बुक गरेका थिए । 

उनीहरुसँग एक महिलासहित ८–९ जना मानिस पनि आएका थिए । 

ती मानिस राती साढे दश बजेसम्म मादक पदार्थ सेवन गर्दै बसेका थिए । 

होटल संचालकले भने, ‘केहि विवाद जस्तो पनि पाइन्थ्यो । तर, हामी त्यता पट्टि लागेनौँ । उनीहरु सवै जना राती हिँडे पछि उनीहरु दुई जना त्यस रुममा सुत्न गएका थिए ।’

बिहान दुलही सामान किन्न भन्दै बाहिर  निस्किइन् । उनी करिव २० मिनेटमा फर्किइन् । कोठामा जाँदा चुक्कुल लगाएको पाएपछि स्टाफलाई बोलाइन् । ढोका हानेर खोल्दा बेहुला झुण्डिएको अवस्थामा फेला परे । त्यसपछि होटल सञ्चालकले प्रहरीलाई फोन हानेर बोलाए । 

मृतक बुढाथोकीका परिवारले मृत्युलाई रहश्यमय भन्दै छानविनका लागि प्रहरीमा उजुरी दिएका छन् । 

‘झुण्डिएको काठाको ढोका खाल्दा चुक्कुल अडाउने किलाहरु नभाँचिनु,  सेतो तन्नाको डोरी बनाएर पङ्खाको हुपमा नभई त्यसको पातामा डोरी थियो भनिनु, मृतकका  परिवारजनलाई पहिला थाहा नदिई केटी पक्षका मानिसलाई बोलाई शव उठाउनु, करिब डेढ घण्टा पछि लुम्बिनी अञ्चल अस्पतालमा शव पुराएपछि मात्र आफुहरुलाई खवर गरिनु’ले उनको मृत्यु घटना रहश्यमय रहेको मृतकका परिवाजनको भनाई छ ।

रोई–रोई जोडेको नाता पाइयोः डिएसपी भट्टराई  

घटनाका सम्वन्धमा बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी केशव भट्टराईसँग सम्पर्क राख्दा उनले परिवारजनले जर्बजस्ती विवाहको दावी गरे पनि अनुसन्धानको क्रममा त्यस्तो नखुलेको बताए । 

उनले भने, ‘ति महिलासँग बुझ्दा राजखुशी विवाह गरेको खुलेको छ । २४ गते दिउँसो छिमेकीमा ती युवतीका आफन्तले स्थानीयको एक घरमा केटासँग भेट गराएको उनले बताएकी छन् ।’

प्रहरीका अनुसार उनले भनेकी छन, ‘हामी दुई जनासँगै एक्लै कोठामा बस्यौँ । विगतको माया प्रेमको कुरा सम्झेर दुवै जना धेरै बेरसम्म रोयौं । दुवैले बिहे गरेरसँगै बस्ने हामीले निर्णय गरेपछि सबैले ताली बजाएर स्वागत गरे ।’

डीएसपी भट्टराईका अनुसार ती दुई जना होटलमा गई सकेपछि मात्र चार पाँच जना उनका आफन्त त्यस होटलमा पुगेका थिए  । घटनाको गम्भीर तरिकाले अनुसन्धान भइरहेका डीएसपी भट्टराईले बताए ।

विवाह पछि हाँसीखुशी थिएः प्रत्यक्षदर्शी

 विवाहको साँझ होटलमा पुगेका बुढाथोकीका साथी कमल भट्टराईले त्यस दिन साँझ उनीहरु हाँशी खुशी रहेको बताए ।  

उनले भने–‘उनी र म २२ वर्ष देखि निर्माण क्षेत्रमासंगै काम गर्दै आएका थियौं ।  उ मेरो मुटु थियो । ती केटी थारु समुदायकी हुन् । १२–१५ वर्ष देखि उनीसंग प्रेम थियो । तर गत एक वर्ष देखि उनीहरुको सम्वन्ध टाढिए पछि त्यहाँको समुदायले पटक–पटक उनीहरुलाई भेट गराउन खोजे ।

मृतकपक्षका नैनबहादुर लोकचन भन्छन्, ‘भट्टराई र मृतक पहिल्लै देखिका मिलनसार साथी र निर्माण सेवा कम्पनीमा समेत पार्टनर थिए ।  तर पछिल्लो समय पहिला जस्तो सम्वन्ध राम्रो थिएन ।’

पहिला ती युवतीसँग विवाह नगर्न सुझाउने व्यक्ति थिए भट्टराई ।

मृतककी आमा हिमकुमारी बुढाथोकीले विवाहका लागि पटक–पटक दवाद आएको बताईन् ।

उनले भनिन ‘विवाह नगरे मार्ने सम्मको धम्की थियो । तर, पनि छोराले विहे गर्न मानेकै थिएन । छोराले आफै ज्यान हाले कै होईन, कसैले ज्यान लिए । हामीलाई शंका छ ।’

मृतक बुढाथोकीको पुर्खेयौंली घर बाग्लुङ्गको बुर्तिबाङ्ग हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप