आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेलप्रतिको बढ्दो नेपाली मोह, भीरदेखि घरको छतसम्म (फोटोफिचर)

मङ्गलबार, ३० जेठ २०७४, २० : १३
मङ्गलबार, ३० जेठ २०७४

काठमाडौं– संयुक्त अरब इमिरेट्स युएईमा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको खेल मंगलबार हलचोक खेल मैदानमा हुने भएपछि जेठको धुपमा समेत खेलप्रेमीहरु उत्साह देखियो । 

सशस्त्र प्रहरी बल हलचोकको मैदानमा मात्र होइन, दर्शकहरु मैदानमाथिको भीरदेखि घरको छतछत बसेर निकै उत्साहका साथ खेल हेरिरहेका थिए । चर्को घाममा छतमा बसेर दर्शकहरुले छाता ओढेर खेल हेरिरहेको देखिन्थ्यो । 

चर्को घामको पनि प्रवाह नगरी खेलप्रेमीहरु नेपाली खेलाडीलाई साथ दिँदै हुटिङ गरिरहेका थिए भने खेलाडीहरुमा पनि जोश देखिन्थ्यो । 

यमन र नेपालबीचको यो खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । खेल गालरहित बराबरीमा टुंगिएपछि दुवै टोलीले अंक बाँडेका थिए । दुवै टोलीले थुप्रै गोल गर्ने अवसर सृजना गरे पनि त्यसलाई गोल गर्न भने चुकेका थिए । 

एएफसी एशिक कप छनोट खेलअन्तर्गत मंगलबारको खेलपछि नेपालको १ अंक रहेको छ र समूहको तेस्रो स्थानमा रहेको छ । यमनको भने ४ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा दोस्रो स्थानमा रहेको फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप